Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल आइडल विजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् । श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तका अनुसार उजुरी आएपछि प्रहरीले कारवाही अगाडि बढाएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् । उजुरीपछि रविविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको बताइएको छ । श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार