Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्वस्थ्य उपचारमा मुलुकको धन सक्याएको र टोलीको भ्रमण भत्ताका विषयमा सामाजिक सञ्जालमा ठूलै बसह चलेका बेला स्वास्थ्यमा सुधार देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उनको उपचार हुँदै थियो । स्वास्थ्यमा क्रमिक सुधार भएपछि एम्स अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको हो । बेलुकी साढे ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल र उनीसँग आएको टोली फर्किने तयारी छ । राष्ट्रपतिका छोरा चिन्तन पौडेलले स्वास्थ्यमा सुधार हुँदै गएपछि चिकित्सकहरूको सल्लाहमा फर्किने निर्णय भएको बताए । राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो । राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत ल्याइएको थियो । गत बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो । उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा। पुनीत मिश्रको टोली संलग्न रहेको थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल