Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तीन वटा जहाजमा सीमित भएको साढे २ महिना भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी नाइन एन एकेएक्स जहाज २० जुनयता ग्राउण्डेड रहेको छ ।
चरा ठोक्किएर इन्जिनमा क्षति पुगेको यो जहाजमा नयाँ इन्जिन जडान तथा इन्जिन मर्मतको प्रक्रिया पूरा गर्न नसक्दा ग्राउण्डेड भएको हो । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल अबको एकरदुई दिनमै यसको टुगो लाग्ने दाबी गर्छन् ।
हामीलाई सार्वजनिक खरिद प्रक्रियाले समस्यामा पारेको हो, उनले भने, ४५ दिनको समय राखेर खरिद प्रस्ताव माग्नु पर्छ, यसले समय लामो भएको हो ।
निगमका कर्मचारीहरु भने व्यवस्थापनको बेवास्ताले लामो समयदेखि जहाज ग्राउण्डेड हुनु परेको बताउँछन् ।
राष्ट्रिय ध्वजाबाहकले एउटा इन्जिनको व्यवस्थापनमा २ महिना भन्दा बढी समय लगाउनु नै शंकास्पद छ, निगमका एक उच्च अधिकारी भन्छन्, यो संस्था र मुलुककै लागि ठूलो लापरवाही हो ।
दुई वर्ष अगाडि समेत निगमले न्यारोबडी जहाजको इन्जिन समयमै मर्मत गर्न नसक्दा २ महिना भन्दा बढी समयसम्म ग्राउण्डेड गरेको थियो । त्यसपछि निगमले इन्जिन भाडामा लिएर जहाज उडाएको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा कुल चार जहाज छन् । एउटा ग्राउण्डेड हुँदा तीन वटा मात्र जहाजले निर्धारित गन्तव्यमा उडान गर्नुपर्छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल