Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले खुम्चिएको छ। बैंकले गत आर्थिक वर्ष दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा तीन अर्ब २१ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ३।१ प्रतिशतले घट्दा बैंकको नाफामा प्रभाव पारेको हो।
अघिल्लो वर्ष बैंकले खुद व्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष ६ अर्ब १७ करोड रुपैयाँमा झरेको छ। बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
अघिल्लो बर्ष बैंकले ९९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको चुक्त पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ भने शेयर प्रिमियममा तीन अर्ब २६ करोड र जगेडामा १३ अर्ब ३४ करोड रुपैयाँ छ। खराव कर्जा ३।३७ प्रतिशतबाट २।५८ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४।९९ प्रतिशतबाट ४।४५ प्रतिशतमा झारेको छ। बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ छ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल