Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ईश्वरी वाग्ले
नयाँ साल यस पटक भारतको उत्तराखण्ड राज्यको बद्रीनाथ, केदारनाथको भ्रमण गर्ने अवसर मिल्यो । पुराना पत्रकार नेपाल भूषण न्यौपानेले वैशाख २४ गतेदेखि जेठ १ गतेसम्मको धार्मिक यात्राको तयारी गर्नुभो । उहाँसँग वैशाख २४ गते बुटवल, २५ गते महेन्द्रनगर हुँदै २६ गते भारतकै बनवासाबाट बद्रीनाथको ३४० किमीको यात्रा गरियो । भारतीय सरकारले भौतिक पुननिर्माणमा कन्जुस्याई नगरेको देखियो । वनवासा हरिद्वार ३४० किमी होस् वा हरिद्वार बद्रीनाथको ३२० किमीको सडक होस् भारतीय परिवहान निगमद्वारा सञ्चालित सरकारी बसहरू छुट्ने र गुड्ने आफ्नै नियम रहेछ । हरिद्वार, ऋषिकेष, प्रयाग, रुद्रप्रयाग हुँदै बद्रीनाथ वैशाख २७ गते पुगियो । होटलमा बास बसियो तर, भोजनमा दाम खासै खर्च भएन ।
२८ गते बद्रीनाथमा पिण्ड कपाली गरी मन्दिरको दर्शनसँगै केदारनाथको बाटो तताइयो । त्यहाँ पनि भोजनमा खर्च भएन । गौरी कुण्डको बास । यातायातमा ठगी रुद्रप्रयागबाट जनप्रयाग गौरी कुण्डसम्म हुँदो रहेछ । तीर्थ यात्राको मौसमलाई गाडी चालकहरूले राम्रै प्रयोग गर्दा रहेछन् । त्यस्तो ठगी नेपालमा सिन्डिकेटको नाममा सँधै भइरहन्छ । कमाउन नेपालबाट गौरी कुण्ड र केदार पुगेका युवा भाइहरूको राम्रो साथ रह्यो । बसाई उनीहरूसँगै भयो । जन आकर्षण जगाउन एउटै नदीलाई विद्युत र सिञ्चाईमा त्यही जोडिएको छ, धार्मिक तीर्थस्थल त्यही जमेको छ । भारतीय शासकहरूले देशलाई कति अनुशासनमा राखेका रहेछन् त्यो हेर्न हरिद्वार र ऋषिकेश गए छर्लङ्ग हुन्छ । हरिद्वार मन्दिरको दर्शनपछिको केदारनाथको १७ किमी उकालो यात्रा निकै रोचक रह्यो ।
नेपालका क्याम्पसहरूमा पढेका विद्यार्थीहरू कमाउनकै लागि धार्मिक जात्राको बेला गौरी कुण्डमा पुग्दा रहेछन् । हरिद्वार गौरी कुण्ड ३१५ किमी रहेछ । तीर्थालुलाई डोकोमा बोक्नेले दिनमा २० हजार भारु एक्लै कमाई गर्दा रहेछन् । नामदानीमा १० हजार भारु, घोडामा २ हजारदेखि २५ सय भारु तिरेर केदारनाथको दर्शन गर्न जाने अधिकांश भारतीय नागरिक भेटिए । १७ किमीको उकालो यात्रा सकेर केदारनाथ मन्दिर पुगियो । ३ किमी बाँकी रहँदा भूषण दाईले घोडा प्रयोग गर्न मन गर्नुभयो । घोडा चढियो एक छिन हिँडेका मात्र थियौं तीर्थालुकै भीडका कारण बाटो जाम भयो । हिउँले भरिएका ठूला ठूला हिउँ पर्वतको बीचमा यात्रामा रमाउने रमाएकै थिए वातावरण निमलेर अशक्त बनेका पनि भेट्टिए । तर केदारनाथको दर्शन उनीहरूको जोड देखियो । जहाँ हिउँकै थुप्रोमा हिँड्नुपर्छ ।
बद्रीनाथमा देवताको मूर्ति नजिक जान पाइँदैन, ढोकाबाटै जे चढाउने हो चढाइन्छ । तर केदारनाथ मन्दिरमाभित्रै प्रवेश गरेर दर्शन गर्ने छूट रहेछ । मूर्तिमा चन्दन, अक्षता होइन घिउले मूर्तिमा लेपन गरिँदो रहेछ । तीर्थयात्रा अवधिका स्मरण योग्य र लेख्न लायक विषय धरै छन् । भारत सरकारले ब्रिटिशकालिन निर्माण संरचनाको भरपुर संरक्षण गरेको रहेछ । घर छाडेको ९ दिनको दिन घर आईपुगियो । भारतीय सडकको यात्रा भन्दा कहालीलाग्दो यात्रा त नेपालमा हुन्छ । किनकि यहाँ कही कसैले कसैसँग डराउनु पर्दैन मन्त्रीदेखि नेतासम्मको नाम सुन्दैमा गाउँघरको जनता समेत आक्रोशित हुन्छ । विकासभन्दा भ्रष्टाचार नेपालको जोड छ । गणतन्त्र ल्याउन भन्दै १९ हजारको ज्यान गयो अहिले नेताको चाल देख्दा त्यो रगतको अर्थ भएन । पाएसम्म पिए छोराछोरी राख्ने राजनीतिक नियुक्तिमा क्षमतावान योग्य हाम्र्रा नेता र मन्त्रीलाई चाहिँदैन ।
नेताका आफन्त र अलि पर पुगे गुटमा ठोकिन्छ । नेतृत्व नै लुटाहा भएको देशले राम्रो कुरा त छिमेकीसँग सिके हुँदो हो । हामीले भनेर हुँदैन, यस्तो अपराधी मानसिकता भएको देशका जनतालाई कहिले गुठी विधेयकले थिचेको छ कहिले मिडिया काउन्सिल विधेयकले पेलेको छ । कम्युनिष्ट पार्टीको बदनाम गर्दै धर्म निरपेक्षताको आडमा क्रिश्चियनहरूको फलीफाप गर्दा कहाँ कति राष्ट्रघात भो कसैलाई पत्तो छैन । हिन्दूत्वमाथि प्रहार गरेर शासकहरूले गरेका अपराधले धर्म निरपेक्ष राष्ट्र बनाइयो । भारतमा शासकहरूले धर्म निरपेक्ष राष्ट्र हुँँदा हुँदै पनि हिन्दू, शिख, बौद्ध धर्ममाथि चोट नपु¥याई कसरी धर्म संस्कृति बचाएका छन् देख्न बुझ्न सकिन्छ । हिन्दू धर्मको पवित्रस्थल हरिद्वार बजार माछामासु, जाँडरक्सी बर्जित छ । हाम्रो देशको पशुपतिनाथलाई लुछ्ने, चिथोर्ने त्यसको सम्पत्ति हड्प्ने ठेकेदारहरू धेरै छन् ।
गोसाइकुण्ड यात्रा
यसैगरी जेठ २४ गते दशहरा स्नानका अवसर पारेर काठमाडौंबाट गोसाइकुण्डका लागि हाम्रो यात्रा शुरु भयो । भारतको यात्रामा पनि भुषण दाईकै जोडबल थियो भने गोसाइकुण्ड यात्रा पनि उहाँकै योजना थियो । यो यात्रामा धुन्चेदेखि गोसाइकुण्डसम्मको कष्ठकर अवस्था सम्झदाखेरि अझै आङनै जिरिङ्ग हुन्छ । लेक लागेका कारण तीर्थयात्रीहरु ठाउँठाउँमा अलपत्र परिरहेका देखिन्थे भने हामी विस्तारै विस्तारै धुन्चेबाट गोसाइकुण्ड स्नान गरी राति आठ बजे चन्दनपुरमा रात कटाइयो । प्रचार जतिसुकै भए पनि गोसाइकुण्ड यात्राको बाटो कष्टकर छँदै थियो । त्यहीमाथि लौरीबिनाको उकालोको त तस्बिरले आफैं कहन्छ । २९ गते चन्दनपुरबाट शुरु भएको हाम्रो यात्रा बिहान ८ बजे धुन्चे पुगेपछि काठमाडौंका निम्ति बस समातियो । दिउँसो ३ः३० बजे काठमाडौं आइपुगियो । आकस्मिक रुपमा भएका यी दुवै यात्राका अविष्मरणीय क्षणहरु थुप्रै छन् । गोसाइकुण्ड यात्राका केही झलक यस्ता छन् ः
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल