Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न्यायालय ‘कब्जा गर्ने’ प्रचण्डको योजना

काठमाडौं । सेनामा आफ्नो कपड बनाउने योजनास्वरुप तत्कालिन प्रधानसेनापछि रुकमाङद कटवाललाई हटाउँदा बहुमतको माओवादी सरकार नै ढल्न पुग्यो । जनताले दिएको अवसर सदुपयोग गर्न दासक्दाको दुःखमा अहिले माओवादी कसैको सहारा खोज्दै हिँड्न बाध्य छ । उनै माओवादीका अध्यक्ष प्रचण्ड अहिले न्यायलयमा आफ्नो पकड विस्तार गर्न लागि परेका छन् । प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने कदम नचालेको भए उनको शक्ति यतिसम्म कम हुँदैनथ्यो । कटवाल प्रकरणपछि उनले सत्तामात्र छाड्नुपरेन माओवादी कमजोर हुँदै पहिलोबाट तेस्रो शक्ति बन्ने आधार सृजना भयो । कटवाल प्रकरणपछि धक्का खाएका प्रचण्ड त्यसपछि भएका दुई वटा निर्वाचनमा तेस्रो शक्तिका रुपमा खुम्चिए । कटवाललाई हटाउन प्रचण्डले ठूलै जोखिम मोलेका थिए । उनी त्यसमा सफल भएको भए अझ शक्तिशाली हुन्थे । तर, खेल उल्टो भयो । उनको शक्ति खेर गयो । त्यसपछि कमजोर अवस्थामा झरे । अहिले प्रचण्ड फेरि अर्को राजनीतिक जोखिम मोल्ने तयारीमा छन् । उनले त्यसको स्पष्ट संकेत गरिसकेका छन् । प्रचण्ड प्रधानसेनापति चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने कदममा बढ्दैछन् ।
जबराको राजीनामा माग्ने देखि महाभियोग लगाउनुपर्ने दबाब सृजना गर्ने अभियानमा लागेका अधिकांश कानुन व्यवसायीहरु प्रचण्डनिकट छन् । स्वयं प्रचण्डले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै महाभियोगको संकेत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि त्यही संकेत गरेका छन् । प्रचण्डका लागि संवैधानिक निकायमा भएका नियुक्ति महत्वपूर्ण बनेको छ । जुनसम्बन्धी विषय अदालतमा विचाराधीन छ । तर, जबरामाथि उक्त मुद्दा अगाडि नबढाएको आरोप छ । यसकारण पनि प्रचण्ड जबराबाट मुद्दा अगाडि बढाएर फैसला पक्षमा पार्ने या बर्हिगमनमध्ये एक चाहन्छन् ।
प्रचण्डले केही महिना अघि ठूलो जोखिम मोल्ने बताएका थिए । उनी अब जबरालाई महाभियोग लगाउने जोखिम मोल्न बढेको देखिदैछ । यो उनको राजनीतिक जीवनको अर्को जोखिम हुनेछ । प्रचण्ड जबरालाई महाभियोग लगाएर सफलता हासिल गर्न सके देशको सबैभन्दा शक्तिशाली नेता बन्नेछन् । उनले फेरि नयाँ राजनीतिक ऊर्जा पाउनेछन् । यसमा असफल भए उनलाई कटवाल प्रकरणभन्दा पनि ठूलो धक्का लाग्न सक्छ । प्रचण्ड यसकारण पनि ठूलो राजनीतिक जोखिमका लागि तयार देखिएका छन् ।