Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पतञ्जलीलाई नगरपालिकाकाे सम्मान

काठमाडाैं । काठमाण्डौं स्थिति वुढानिलकण्ठ नगरपालिकाले आफ्नो आठौं नगर स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न सघं संस्था, दाताहरु, करदाताहरु कर्मचारी, जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यसै अवसरमा वुढानिलकण्ठ ०८ मण्डिखाटार स्थित रहेको पतंजलि योगपीठ नेपाललाई कोभिड संक्रमणको समयमा नगरपालिकालाई नगद र स्वास्थ्य सामाग्री सहयोग गरेकोले नगरपालिकाको तर्फबाट सम्मान पनि गरिएको छ । पतंजलि योगपीठले कोभिड महामारी नियन्त्रणमा नगरपालिकालाई नगद तथा स्वास्थ्य सामाग्रीहरु प्रदान गरी सहयोग गरेको थियो । संस्थाको तर्फबाट सम्मान पत्र ग्रहण गर्दै संस्थाका प्रतिनिधि श्री हरि भण्डारीले नगरपालिकाले संस्था प्रति गरेको सम्मानबाट समाज सेवा, तथा मानव सेवामा लाग्न थप उत्प्रेरण मिलेको वताउनु भएको छ । यसै गरी संस्थाका ट्रष्टी तथा संचालक ईं शालीग्राम सिँहले पतंजलि योगपीठ नेपाल, नेपाली जनताको सेवा तथा मानव कल्याणको लागि सदैव अनवरत रुपमा लागि रहने वताउनु भएको छ ।
उक्त स्थापना दिवसको अवसरमा नगरपालिकाले नगर भित्र विभन्नि पदमा रहेर सेवा गरिरहनु भएका तथा निवृत्त हुनु भएका कर्मचारीहरुलाई सम्मान गरेको थियो, त्यसै गरी नगरपालिकामा रहेका १०० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको छ । यसै गरी उत्कृष्ठ ४ जना कर दाताहरुलाई पनि नगरपालिकाले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा संाँसद् माननीय इश्वर पोखरेलले वुढानिलकण्ठ नगरपालिकाको कामको पं्रशसा गर्दै आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको छ । वु.न.पा. का मेयर उद्धव पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १३ वटा वडा का जनप्रतिनि तथा कर्मचारी छिमेकी नगरपालिकाका जनप्रतिनिधि, कलाकार, संचारकर्मी तथा वुढानिलकण्ठ नगरपालिका का हजारौ नागरिकको उपस्थिति रहेको थियो ।