Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने महर्जन पक्राउ

काठमाडौं । कोरोना कहरबीच बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवक पत्रकार नभएको खुलासा भएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । यसरी पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन रहेका छन् उनलाई इमाडोलबाट पक्राउ गरिएको हो । महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।