Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री मात्रै भेट्ने

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ । विश्वस्त स्रोतका अनुसार ज्ञवालीको मोदीसँग भेटवार्ताको समय तय भएको छैन । भ्रमणको तालिकामा पनि मोदीसँगको भेटवार्ता उल्लेख छैन ।
ज्ञवालीले समकक्षी एस एन जयशंकरसँग नै द्वीपक्षीय सम्बन्धका बारेमा छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयले तय गरेको छलफलको एजेन्डा अनुसार नै कुराकानी हुनेछ । परराष्ट्रमन्त्री ज्ञवाली आउनु अगावै दुई देशका अधिकारीहरु बसेर हिजो छलफलको एजेन्डाबारे कुराकानी गरेका थिए । नेपालका तर्फबाट सहसचिव यज्ञबहादुर हमाल बैठकमा सहभागी थिए ।