Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमालेको पुरानो बानी हटेन, हटाउनु पनि हुन्न । आफ्नो प्रवृत्ति र चरित्रले सबै ठाउँमा सबै काम सबैले सफलता पाउँछन् भन्ने हुँदैन । नेकपा एमालेका लागि सबैतिर जित्नैपर्छ । जितेर गर्ने के हो कुनै योजना हुँदैन । उसले जस्ता मान्छे जहाँँ उठाए पनि जित्नु पर्छ । नजिते प्रहरी लगाएर दुःख दिने चलन छ । एमालेले जे भने पनि हुन्छ । अरुले सहनुपर्छ किनकि एमाले सर्वप्रिय हो । एमाले नेतृत्वले सहयात्रीहरूलाई गर्ने हेपाह नीति पुरानो हो । केपी ओलीका धुपौरेहरूले धेरैलाई सताएका छन् । उनले आफू बाहेकका अरुका विषयगत प्रस्तुती पनि मन पारउँदैनन् । त्यही कारण ओली गुटसँगको सम्बन्ध वा गठबन्धन कहि कतै विश्वासयोग्य नै हुँदैन । त्यसको प्रमाण पत्रकार महासंघको चुनावमा हामीले भोगेकै छौं । प्रमाण मै हुँ । चुनावमा सर्लक्कै एमालेले जित्नैपथ्र्यो । नजिते सहयात्रीमाथि प्रहरी, सेना सबै लगाउने उसको विगत हो । सत्तामा हुँदा लुटपाट चम्काउन एमालेले पाउनैपर्छ । किनकि एमालेको लुट वैधानिक हुन्छ । कानुनी निकायले समेत एमालेका नेता, कार्यकर्ताले गरेका गल्ती र अपराधमा नजर लगाउनु नै पाप हुन्छ । किनकि त्यहाँ एमालेकै न्यायाधीश छन् प्रहरीमा त्यस्तै छ कर्मचारीमा उस्तै छ । ओली आफू पत्तासाफ हुने भएपछि काँग्रेसको भोट लिन कृष्ण सिटौलालाई राष्ट्रियसभा उपाध्यक्ष बनाउने र माओवादीका नारायणप्रसाद दाहाललाई हटाउने योजना बनाए । काँग्रेसको षड्यन्त्र सिटौलाको पक्षमा असफल भयो । सधैं गठबन्धन गरेर पार्टीको पहिचान हराएको पीडाले काँग्रेसीहरू अस्तित्व रक्षामा थिए । ओली पराजित हुनै पथ्र्यो भए । उनका दलाल पृथ्वी सुब्बा, शंकर पोखरेल, विष्णु पौडेल पनि थन्के । प्रदीप ज्ञवाली जस्ता चुनाव जिते पनि अरूप्रति आक्रामक थिएनन् । ओलीले पार्टीमा कति गैर जिम्मेवार व्यवहार गरे भन्ने कुरा समानुपातिक सूचिमा रामबहादुर थापा, पद्मा अर्याललाई राख्नु हो । पार्टीमा उपाध्यक्ष र सचिव पद तिनैलाई थियो । समानुपाति सांसद तिनै भए । तिनले ओलीले जे भन्छन् त्यो मान्ने हुनाले ठाउँ पनि तिनैले पाएका हुन् । एमाले सत्ता कालमा कालो बजारमाथि कहिल्यै कारबाही नै भएन । जो कालो बजारका नयाक थिए तिनैसँग ओलीको सम्बन्ध थियो । साल्ट टे«डिङको २० रुपियाँको आयो नुनलाई ३५ रुपियाँदेखि ४५ रुपियाँसम्ममा आफ्नो कम्पनीको लोगो टाँसेर शोषण गर्ने डा. मोती दुगड कारबाहीमा परेनन् । उसैलाई ओलीले आपूर्ति राज्यमन्त्री बनाएका थिए । भ्रष्टाचारमा चर्चित पार्टीका रूपमा एमाले परिचित थियो । जहाँ पनि पार्टीकरण गरेर राज्यको श्रोत स्वच्छतापूर्वक र निष्पक्ष ढंगले परिचालन गर्नुपर्छ भन्ने सोच ओलीको थिएन । जनताको समस्या जे सुकै होस् आफू र आफ्ना सुन्ड मुसुन्डको सुरक्षामा बस्ने केपी रिस उठेका माथि गुण्डा लगाउने एमाले नीति थियो । पार्टीलाई देशी विदेशी शक्तिको गुलाम बनाएर एनजीओ र आईएनजीको डलरले बिगारेकै कारण डलर रोकिँदा कार्यकर्ताले यस पटक घण्टी रोजेको कुरा एमालेले पत्तै पाएन । किनकि रास्वपा अमेरिकी ब्राण्ड हो । एमालेको कुनै नेता कार्यकर्तामा निष्ठा, त्याग र समर्पण छैन । अध्यक्ष नै देश लुट्ने कंश भएपछि कार्यकर्तामा इमान्दारिता खोजेर पाइँदैन । जो सज्जन छन् तिनले ठाउँ पाउँदैनन् । आफू चुनाव जित्न जोसँग पनि एकता, सहकार्य गर्ने अरुको खेदो खन्ने ओली ब्राण्डले नेतृत्व परिवर्तन गर्ने कुरा कल्पना पनि थिएन । युवा सुहाङलाई संसदीय दलको नेता दिइएन । सचिवलयको बैठकमा युवाहरूले चढाएको गुलाबको फुलको पनि अर्थ भएन । चुनावमा पराजित हुँदा जसरी यही देशको स्थायी संस्थाहरू –कर्मचारी, सेना, प्रहरी माथि आरोप एमालेबाट लगाइयो त्यसले एमालेको भित्री चरित्र स्वार्थ पूरा नहुँदाको पीडा बोध गरायो । कतिपय विषयमा नेतृत्वले ख्याल नराख्दा स्थिति उल्टो हुन्छ । आज एमाले त्यही सजायँ पाएको छ ।
आफ्नो क्षमताले होइन अरुको कृपाले चलेका उपाध्यक्ष रामबहादुर थापाको क्षमता भनेकै लेखेर दिएको बोल्ने हो । उनको परिवार भ्रष्टाचार, बेथिति र दूराचारमा लागेकै कारण बादल ओलीको चाकडी गरेर बस्न बाध्य भएका हुन् । थापालाई माओवादीले गृहमन्त्री बनायो । ओलीको डिजाइनमा नेपाली युवाहरूमाथि शोषण गरेर आफू कमाउने ओलीको धन्दासँग त्यो बेला काँग्रेसकी कुलायन जोडिन पुगिन् । जो बेचन झा पक्राउले आत्तिएर गठबन्धन भत्काएर ओली प्रम बने आज त्यही अपराधको सजायँ भोग्दैछन् । पछिल्लो सत्तामा ती दुवै थिए । तिनले चलाएको शासन निरंकुश थियो । राज्य लुट बाहेक ओलीको पछिल्लो शासनमा अरु थिएन । समृद्धि र विकासका कुरा मुखको ताराबाजीमात्र थियो । त्यो सत्य ढाकछोप गर्न सक्ने ठाउँ थिएन । त्यसकै प्रतिफल चुनावमा देखियो । जनताको मात्र आश गर्ने जनतालाई भ्रष्टाचार, बेथिति बाहेक केही नदिने एमालेको जनताले पक्ष लिन किन प¥यो ? माओवादीबाट एमालेमै रहेका टोपबहादुर रायमाझीका बाबु छोराको पौरख कानुनी दायरामा छ । अब थापाको जोडि निशानामा छ । ओलीसँग कस्ता मान्छे छन् छर्लङ्ग छ । ओलीले आफैंले देखाएको दम्ब, अहंकार र पदभ्रष्ट प्रवृत्तिको शिकार आज बन्नु परेको छ । देशमा यो स्थिति ल्याउने ओली हुन् । उनले नेकपा फुटाए, ललिता निवास, गिरिबन्धु काण्ड दबाए । सुन काण्ड, राजश्व छलिकाण्ड जस्ता दर्जनौं काण्डमा सहभागी भएको संसारले देख्यो । तर आफूले यस्ता गल्ती कहाँ कति गरेछु भन्ने हेक्का राखेन । आज अस्पतालमा रोगको भारी थान्को लगाएर शुद्ध छु भन्नै पर्दैन । किनकि जेनजी आन्दोलन दमन गर्दा आफूमाथि हत्याराको आरोप लाग्ला छानविन होला भन्ने सोचेनन् । समय कुर्नुपर्छ पाप धुरीबाट कराउँछ पार्टी ओली बाद लागू हुँदैन । आफ्नो सम्मान खोज्नेले अरुमाथि अपमान गर्नु हुँदैन ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल