Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पराजित भएपछि कर्माछिरिङले भने, सजिलो छैन

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पराजित भएपछि कर्मा छिरिङ शेर्पाले नतिजा स्विकार गर्दै नेपाली फुटबल सन्चालन गर्न एकदमै गाह्रो रहेको बताएका छन्। नतिजा सार्वजनिक भएको केही समयपछि खेलपत्रकारसँग कुरा गर्दै शेर्पाले भने( नेपाली फुटबल सन्चालन गर्न एकदमै गाह्रो छ। भनेजस्तो सजिलो छैन।
उनले आफ्नो चार वर्षे कार्यकालमा व्यावशायीक फुटबलको फाउन्डेसन पनि पुरा नभएकाले नयाँ नेतृत्वले अझै राम्रोसँग फुटबल चलाउनुपर्ने चुनौती रहेको बताए। उनले भने, फुटबललाई व्यवशायीक हिसाबले स्थापित गर्न सकोस् नयाँ टिमले। नेपाली फुटबलको फाउन्डेसन बलियो बनाउनुपर्छ पहिला। खेलाडीहरुले बाह्रै महिना खेल्ने, प्रशिक्षकले बाह्रै महिना प्रशिक्षण गर्ने वातावरण तयार हुनुपर्छ। तर उनले उक्त काम सजिलो नभएको बताए। भने, नेपाली फुटबल कल्पना मात्र गरेर हुँदैन। रियाक्सन गरेर मात्र हुँदैन। व्यावशायीक बनाउनुपर्छ। होम एन्ड अवेमा सन्चालन गर्नुपर्छ।
शेर्पाले नयाँ नेतृत्वलाई आफ्नो पुर्ण सहयोग रहने बताउँदै फुटबलबाट टाढा नरहने बताए। क्लबको ग्रास रुट विकाश र एकेडेमी स्थापनामा ध्यान दिने बताए। ए डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका शेर्पाले भने, फुटबलबाट टाढा हुन्न तर डर्टी पोलिटिक्सबाट टाढा हुन्छु। सोमबार सम्पन्न निर्वाचनमा पंकजविक्रम नेम्वाङले कर्मालाई पराजित गरेका हुन्। पंकज यसअघि वरिष्ठ उपाध्यक्ष थिए।