Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परीक्षा गरेर नेपाली कामदार लैजान कोरिया तयार

काठमाडौं । दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विषयमा तयारी थालेको हो । नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा सो विषयमा जानकारी दिएका हुन् ।
उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने छ । इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।
कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् । यस वर्ष पनि सात हजारको हाराहारीमा नेपाली कामदार कोटा छुट्याइएको छ। कोरोनाका कारण रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा रोकिएपछि दक्षिण कोरियाले डिजिटल प्रविधिमार्फत परीक्षाको प्रक्रिया अघि बढाउने भएको छ ।