Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पर्दामा मान्छे हिँडेको देखिपछि निर्देशक बनेका थापा

मानिसहरुलाई बाल्यकालको कुनै घट्नालाई उसको करियरनै त्यही दिसातर्फ डोहो¥याउँछ । अहिलेका चर्चित निर्देशक सुदर्शन थापाको करिअर कथा पनि यस्तै रमाईलो छ । जीवनमा पहिलो पटक बुबा आमासँग बाल्यकालमा हेरेको एउटा चलचित्रले उनको भविष्य नै निर्धारण गरिदियो । त्यो पल सम्झँदै निर्देशक सुदर्शनले भने, ‘मैले पछि बुझ्दा बाल्यकालमा बुबा आमाले मलाई रञ्जना सिनेमा हलमा चलचित्र पच्चीस बसन्त देखाउनु भएको रहेछ । त्यतिबेला पर्दामा एकपछि अर्को मान्छे हिडेको, बोलेको देखेर यस्तो कसरी भयो भनेर मैले बुबा आमालाई सोधेर हैरान बनाएको रहेछु ।’ उनले फेरी अर्को घट्ना सम्झँदै भने, ‘त्यसको केही वर्षमा घरमा बुबाले टेलिभिजन ल्याउनु भयो । टिभी भित्र पनि मानिसहरु अटेको देखेर सुरुमा म छक्क परेँ । यत्रो बाक्सामा कसरी यतिधेरै मान्छे अटेका होलान भनेर मैले दिनरात सोच्न थाले । त्यो बारे बुबाले बुझाउनु भएपछि मैले पनि फिल्म तथा टिभीमा खेल्छु भनेर बुबासँग जिद्धी गरेछु ।’
यसरी बाल्यकालमा फिल्म र टिभी हेर्दा हेर्दै चलचित्र क्षेत्रमा सुदर्शनको आकर्षण बढेको रहेछ । यरबारे उनले थपे, ‘सुरुमा म चलचित्रको नायक बन्न चाहन्थेँ । तर अभिनय भन्दा निर्देशनमा लाग्दा लामो समयसम्म यो क्षेत्रमा निरन्तर अघि बढ्न सकिन्छ भन्ने थाहा भएपछि मैले चलचित्र निर्देशनको पाटो रोचेको हुँ ।’ उनी आफ्नो फिल्ममा गाउँ र शहरका पात्रबीचको सम्बन्धलाई जोड्ने गर्छन । सोही कारण त उनको फिल्ममा गाउँ र शहरलाई पात्रले जोडेको कथा हेर्न पाईन्छ । यसै क्रममा बिगतका सिनेमा जस्तै आफ्नो नयाँ फिल्म ‘रावायण’मा पनि उनले गाउँ र शहरका पात्रको सम्बन्धलाई जोड्दै छन् ।
रावायणमा यस अघिका दुई अभिनेता अभिनेत्री अनमोल केसी र नीति शाह अब रहने छैनन् । सुदर्शनलाई निकै फाप्ने र सफल फिल्म दिने जोडी भनिएका अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा नै रावायणमा रहने छन् । नीतिको ठाउँमा पुजा र अनमोलको ठाउँमा पललाई राखिएको पनि निर्देशक सुदर्शनले बताएका छन् । उनका अनुसार यो चलचित्रको अब यही चैतको दोश्रो साताबाट तराईको सर्लाहीदेखि छायाँकन सुरु गरिने भएको छ ।
काठमाडौंको इन्द्रायणीमा जन्मेका सुदर्शन थापा सबैप्रकारका नेपाली चलचित्र बृत्तका स्थापित निर्देशक हुन् । तथापि उनी ‘लभ स्टोरी’ जनरामा बढी जमेका छन् । उनले चलचित्र निर्माणमा नेशनल फिल्म स्कुलबाट डिप्लोमा गरेपछि कान्तिपुर टिभीको ५२ भागका सृँखला ‘हाउसफुल’बाट निर्देशन यात्रा अघि बढाएका हुन् ।
चलचित्र ‘मेरो एउटा साथी छ’ बाट सुदर्शनले नेपाली चलचित्र बृत्तमा निर्देशकको रुपमा पाईला अघि बढाएका थिए । २०६६ असोजमा रिलिज भएको यो चलचित्र त्यतिबेला बक्स अफिसमा फरक स्वादको सिनेमा भनेर चिनिएको थियो । तन्नेरी पुस्ताको प्रेम सम्बन्धलाई मुख्य कथा बनाईएको यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, सुष्मा कार्कीलगायतको कलाकारको मुख्य भूमिका थियो । यो चलचित्रको सफलतापछि सुदर्शनले लगातार केही समय प्रेमकथामा आधारित चलचित्रहरु नै निर्देशन गरे ।
सुदर्शनको प्रेमथका जनराको सफल चलचित्रमा मेरो लभ स्टोरी, के यो मायाँ हो, प्रेम गीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मनलगायत हुन् । उनले केही थ्रिलर र केही सामाजिक कथामा समेत चलचित्र निर्देशन गरेका छन् । जसमा प्रसाद २ सामाजिक चलचित्र हो । यस्तै धन्दा, मधुमास, मेरो रामकहानी थ्रिलर जनराका सामाजिक चलचित्र हुन् । यसपटकको चलचित्र रावायण आफ्नो महत्वकाँक्षी चलचित्र भएको निर्देशक सुदर्शनले बताएका छन् । यो चलचित्र उनकै गृह व्यानरमा निर्माण हुने भएको छ । यो चलचित्र सम्भवत आगामी तिहारसम्म रिलिज गर्ने लक्ष्य सुदर्शनको रहेको छ । यस अघि यो चलचित्रलाई जेठ तथा असारमा छायाँकन गर्ने भनिए पनि पल शाहले यतिबेलै नै समय दिएका कारण यसको छायाँकन सुरुगर्न लागिएको पनि रावायणका निर्देशक सुदर्शन थापाले जनाएका छन् ।


सम्बन्धित समाचार