Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पर्यटनमन्त्री सुदन किराँती कि गंगा दाहाल ?

काठमाडौं । नयाँ एयरपोर्ट निर्माण गर्दा नै पोखरा र भैरहवामा राज्यश्रोत र विदेशी ऋणको दोहन गर्दा जम्मा भएको रु २ अर्ब ७० करोडको लगानीबाट चम्केका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बालुवाटारलाई प्रयोग गर्दै मन्त्री सुदन किराँतीलाई सताएका छन् । पोखरा एयरपोर्ट निर्माण गर्दा विमानलाई घुमाउन अवरोध पुग्ने भन्दै नजिकैको डाँडो काटियो त्यही ढुंगा माटो विमानस्थलमा लगेर पुरियो । तर कागजमा ढुंगा, गिटी, पत्थर अन्यत्रबाट ल्याइएको बनाइयो ।
आफू बच्न एमालेका अध्यक्ष केपी ओली मार्फत् अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, भूषण राणा प्रयोग गरेर आफू विरुद्ध परेका उजुरी दबाउन सफल प्रदीप अधिकारीलाई बालुवाटारले बचाउनुको कारण पनि पैसा हो । महेश बस्नेतको लगानीको क्षमादेवी निर्माण कम्पनीका नविन बस्नेतलाई काम दिलाएर प्रदीपले केपी ओली प्रयोग गरेका हुन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उनका श्रीमानसँग प्रदीपको सम्बन्धले उनको लुट मोहमाथि संरक्षण गर्ने अभियान नै चल्यो ।
त्यही अभियानले एयरपोर्टको सफाई गर्ने ठेक्का निजी कम्पनीलाई दिएर सुन तस्करी चम्काइयो १४ किलो सुन तस्करी र भेप काण्डले स्थान पायो । प्रदीपले कतै काम पाएनन् भने युरोपेली युनियनको कालो सूचिबाट नेपाल हटाउन घुस खुवाए हुन्छ भन्ने भ्रम पनि फैलाएर प्रधानमन्त्री प्रचण्डलाई दंग पारेका छन् । अधिकारीको सम्बन्ध प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र छविलाल जोशीसँग हुनुको कारण नागरिक उड्डयनका इञ्जिनियरहरू प्रयोग गरेर हुने सुन तस्करी नै हो । अधिकारीले ठूला दलका नेता शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताहरूलाई मौका अनुसार प्रयोग गरेका छन् । उनले कतार एयरबाट लिएको घुसले कान्तिपुर दैनिकका पत्रकार सुरज कुँवरमार्फत् विरोधमा लेख्नेको मुख टाल्न सफल छन् । उनी विनोद चौधरीको सानेपास्थित होटल भिभान्तमा रसरंग गर्न हरेक दिन सहभागी हुँदै आएका छन् । हरेक पटक युवती फेरिफेरि सानेपा पुग्ने अधिकारीको पुख्र्यौली लमजुङ भए पनि अहिले चितवन बासी हुन् । एमालेका तत्कालिन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीलाई प्रदीपले राम्रै प्रयोग गरे । योगेश भट्टरार्ई, जीवनराम श्रेष्ठ, प्रेम आलेहरूले चुनाव खर्च यिनैबाट लिएका हुन् । मौकाअनुसार भोका चितुवा जस्ता नेताको चरित्र मेसो पाएका कारण आफ्नो बचाउमा प्रदीपले सबैलाई प्रयोग गर्ने गरेका हुन् । यस पटक उनले मन्त्री सुदन किराँतीलाई भन्दा बालुवाटारकी नयाँ आरजु र सुजाता बनेकी गंगा दाहाललाई प्रयोग गरेका छन् । जहाँ गरेको लगानी खेर जाँदैन भन्ने उनले बुझेका छन् । प्रधानमन्त्री पुत्री गंगाको कुरा मिडियामा आउँदा व्यवस्थामाथि प्रहार भएको देख्छन् । व्यवहारमा प्रमको सचिवालयको नाममा भकुर्ने रमेश मल्लदेखि नयाँ राजकुमारी बनेकी गंगा दाहाल र रणुका श्रीमान अनिलकुमार पाठक एकसेएक छन् ।
उपलब्धीहिनको हुल सचिवालयले यो देशको मासिक राजश्व मासिक १८÷२० लाख खर्च गर्दा समृद्धि र विकासको हुटहुटी जाग्नु नाटक मात्र भएको छ । माओवादीका योजना कतै बाँकी छन् भने पनि यो स्थितिले अब हुने भनेको भष्म खरानी मात्रै हो । सचिवालयको खाजा हटाएर मासिक २०÷२२ लाख त बच्यो होला कमरेड प्रचण्ड तर गंगा दाहाल त्यहाँ रहेसम्म त्यस्ता २०÷२२ लाख छिनछिनमै मुलुकले गुमाइरहेको छ भन्ने पत्तो सबैले पाइसकेका छन् । गंगालाई सिंहदरबारबाट हटाउँदा पनि व्यवस्था उल्टिँदैन गणतन्त्र धर्मराउँदैन भन्ने प्रचण्डले बुझिसक्दा लगभग माओवादीको समाप्ति यात्रा तय हुनसक्छ ।


सम्बन्धित समाचार