Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पलसँग रिसाइन पूजा

काठमाडौं । अभिनेता पल शाह जेलबाट छुटेपछि अभिनेत्री पुजा शर्मासँग उनको सम्बन्ध एकाएक चिसिएको छ । कुनै बेला आफूहरुलाई ‘एक अर्काबिना अधुरो’ मान्ने उनीहरु अहिले पानी बाराबारको अवस्थामा पुगेका छन् । बलात्कारको आरोपबाट मुक्त भएर पल जेलबाट निस्केपछि पुजा उनलाई भेट्न गइनन् । पलसँग पूजा रुष्ट हुनुको ठोस कारण के हो भन्ने बुझ्न सकिएको छैन । तर, पल निकटहरु त्यस्तो कुनै कारण नभएको बताउँछन् । जेलबाट निस्किएपछि आफूलाई पहिलेजस्तो भाउ नदिएकाले पुजाको चित्त दुखेको उनीहरुको भनाइ छ । पल शाह रिहा भएपछि आफैं आएर भेटुन् भन्ने पुजाको चाहना थियो । तर, उनको चाहना पुरा भएन । पल अब पूजासँग पहिलेजस्तो सामिप्यता राखिरहने मनस्थितिमा नरहेको निकटस्थ बताउँछन् । उहाँ अब सबैसँग दूरी राखेर आफ्नो काममा मात्रै बढी फोकस हुन खोज्नुभएको छ, उनीनिकट एक पत्रकारले भने ।आफ्नो ‘इगो हर्ट’ भएपछि पूजा एकपटक पनि पललाई भेट्न गइनन् । जबकि रिहा हुनुभन्दा केही दिनअघि मात्रै उनी पलको जन्मदिन मनाउन केक बोकेर कारागारमै पुगेकी थिइन् । छुटेपछि भने उनी न स्वागत गर्न गइन्, न घरमा । पलले पनि बाल दिएनन् । तर, हिजो एउटा कार्यक्रममा पल र पूजाको वाध्यात्मक मुलाकात भइदियो । उनीहरु दुवैले ‘म यस्तो गीत गाउँछु’ बाट ‘बेस्ट अनस्क्रिन कपल’ को अवार्ड पाएका थिए । धेरैले अनुमान गरेक थिए, पल र पूजा अवार्ड ग्रहण गर्न एकसाथ स्टेज उक्लिनेछन् । तर, पलले अवार्ड लिइसक्दा पनि पूजा कार्यक्रममा आइपुगेकी नै थिइनन् ।
ढिला गरी पूजा समारोहमा उपस्थित भइन् । कार्यक्रम सञ्चालक दिनेश डिसीले उनलाई अवार्ड लिन निम्त्याउँदा पललाई पन बोलाए । पल दोस्रोपटक स्टेज उक्लिए । त्यसबेला पूजाको हाउभाउले नै प्रष्ट भयो कि उनीहरुको सम्बन्धमा धेरै खिचडी पाकिसकेको छ । यति लामो ग्यापपछि पहिलोपटक भेट हुँदा न पूजाले कुनै उत्साह देखाइन् न पलले । पुजाले पललाई ‘इग्नोर’ गर्न खोजेको प्रष्टै देखिन्थ्यो । अवार्ड लिइसकेर पनि उनी पलको प्रतिक्षा नगरी सरासर हिँडिदिइन् । सञ्चारकर्मीले पूजालाई पलसँग लामो समयपछिको भेटमा के कुराकानी भयो भनि सोधेका थिए । पूजाले हाइहेल्लो मात्रै भएको बताइन् ।
अर्को एउटा प्रसंग पनि उत्तिकै रोचक छ । पूजाले केही दिनअघि मात्रै गायिका समीक्षा अधिकारीको नयाँ गीतमा टिकटक बनाएर आफ्नो इस्टाग्राममा समेत सेयर गरिन् ।