Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पल शाहका फिल्म, कुन हिट कुन फ्लप

नायक पल शाहले अभिनय गरेको फिल्म ‘मायावी’ दोस्रो सातामा हलमा चलिरहेको छ । यो फिल्मले बक्स अफिसमा अपेक्षित कमाई गर्न सकेन । फिल्मको व्यापार जुन तहमा हुन्छ भन्ने धेरैको विश्वास थियो, त्यो अनुसार भएन । वुझिएअनुसार, फिल्मको व्यापार ६० लाख ग्रसको हारहारीमा छ । बक्स अफिसमा यो फिल्मले आगामी दिनमा कस्तो कमाई गर्छ हेर्न बाँकी छ । फिल्म ‘नाई नभन्नु ल ४’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका पलको फिल्मी करिअरमा थुप्रै उतारचढाव देखिन्छ । उनका केही फिल्म हिट भएका छन्, केही सुपरहिट त केही फ्लप देखिएका छन् । पलको यो वर्ष मात्र तीन वटा फिल्म रिलिजमा आए । जसमा ‘पुजार सार्की’ हिट भयो भने ‘रावायण’ फ्लप भयो । ‘मायावी’ले अपेक्षा अनुसारको व्यापार गर्न सकिरहेको छैन । पल शाहको फिल्मी यात्रा हेर्ने हो भने डेब्यू फिल्ममा उनी सफल मानिन्छन् । यसपछि, उनको रिलिजमा आएको फिल्म ‘जोनी जेन्टलम्यान’ बक्स अफिसमा असफल भयो । पलले फिल्म ‘शत्रु गते’मा काम गरे । जसले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । पलको करिअरमा १० करोड माथिको ग्रस कलेक्शन गर्ने यही मात्र एउटा फिल्म हो । यसपछि, उनले फिल्म ‘म यस्तो गीत गाउँछु र म यस्तो गीत गाउँछु २’मा काम गरे । दुवै फिल्म बक्स अफिसमा हिट भए । पलले अब ‘मोअर, महाराजधिराज, मायाका रंगहरु’ लगायतका फिल्ममा काम गर्दैछन् । उनले, ए मेरो हजुर ५’ मा पनि काम गर्न लागेको चर्चा छ । पलको स्टारडम महोत्सव र म्युजिक भिडियोमा मात्र देखिएको चर्चा चल्न थालेको छ । यस्तो अवस्थामा उनले आगामी दिनमा सजग भएर पाइला चाल्न आवश्यक छ ।


सम्बन्धित समाचार