Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । धर्मले व्यक्तिलाई अनुशासित बनाउँछ । विचार जस्तोसुकै होस् । हिन्दू धर्मशास्त्रले चारवेदलाई आफ्नो सिद्धान्त र लक्षसँग जोड्छ । बेदका ऋचाहरू विज्ञानका खानी हुन् । विज्ञानले मान्छेलाई भौतिकवादी बनाएर पनि धर्मशास्त्र मानवीय जीवनको पथ प्रदर्शक ठान्ने जनमत ठूलो छ । तर नेपालमा जबर्जस्त लादिएको क्रिश्चिन मेशिनरीको धर्म निरपेक्षताले सरकारी गुठी तथा धार्मिक स्थलहरूमाथि प्रहार ग¥यो । लक्ष्मीको अवतार गाई काटेर खानेहरू पनि छन् । धार्मिक रुपमा तीनले आप्mनो मापदण्डमा नचुकेको बताउँछन् ।
तर कम्युनिष्ट र काँग्रेसले प्यूठानको स्वर्गद्वारी गुठी र पशुपतिनाथको नाममा दाताले दान दिएका भूमिको संरक्षण समेत नगर्ने अवस्था लोकतन्त्रमा चम्कियो । पशुपतिको नाममा हजम गर्ने नेकपा एमालेका निर्मल कुइकेलदेखि काँग्रेसका सुशील नहटा, महेन्द्रललाल श्रेष्ठसम्म छन् । उनीहरू दलीय रुपमा पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव थिए । यिनकै कारण तत्कालिन समयमा काठमाडौ जिविसका स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली र प्रेमराज जोशी समेत कारबाहीमा परे ।
उनीहरूले पशुपतिको नाममा गोठाटारमा रहेको जमिनको बालुवा ठेक्का लगाउँदा अख्तियारको दुरुपयोग गरेका हुन् । ५३४ रोपनी जमिनको बालुवा ठेक्का लगाउँदा कोषका निर्देशक राजकुमार रेग्मी, योजना अधिकृत भिष्मकुमार मल्ल, ठेकेदारद्वय मीठाराम दाहाल र बच्चुराम दाहालमाथि अदालती दण्ड र बिगो तोकिएको छ । प्रहरीको सिआईबीले गरेको अनुसन्धान अहिले पक्राउ परेकाहरूलाई अख्तियारले समेत दोषी ठहर गरेको थियो । यो टोलीले १६ करोड भन्दा बढी आम्दानी पशुपतिनाथमा ल्याएको थिएन ।
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल
२०८१ फाल्गुन २८
ताजा नेपाल