Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माेदनाथ पश्रितले गरे पुरस्कार नलिने घोषणा

काठमाडौं । आफ्नो चरित्र हत्या गरेको भन्दै साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् । पुरस्कार दिने निर्णयसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह नियोजित रुपमा लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका हुन् ।

खेमराज हरिकला समाज कल्याण परिषदले आइतबार यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको थियो । तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने बताएपछि पश्रितले पुरस्कार बहिष्कार गरेका हुन् ।

प्रश्रितले आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको जिकिर गरेका छन् प्रश्रितले आफूले आयोजकसँग सल्लाहमै पुरस्कार नलिने घोषणा गरेको बताएका छन् । प्रश्रितले अलि राम्रो वातावरण भएका बेला कार्यक्रम गर्न उपयुक्त हुने सल्लाह दिएका छन् ।


सम्बन्धित समाचार