Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकार रहँदा जनताको पक्षमा भन्दा गुटको पक्षमा निणर्य गर्ने, राज्यको सम्पत्तिमा गुटका हर्ताकर्ताले रजाइँ गर्ने तर चुनावमा जनताले एक पटक एमालेलाई जिताउँछन् भन्ने गर्व गर्ने एमाले अध्यक्ष केपी ओली अब पार्टीको नाममा बरबराउन थालेका छन् । ओलीका अगाडि पछाडि लाग्नेहरूको बोली पनि ओलीको भन्दा कम छैन । त्यहाँ सिद्दान्त, नीति, विधि, प्रकृयाको कुरा हुँदैन मात्र चुनाव जित्ने विकासका हावादारी प्रचार गर्ने अभियान जारी छ । जबकी त्यो शक्ति हिजो सत्तामा आउँदा ती कुराहरूलाई इमान्दार पूर्वक कार्यन्वयन गर्नेतिर बजेटको व्यवस्थापन भएन । एमाले र माओवादीको संयुक्त गठबन्धनबाट चुनाव जितेकाहरूले एमाले विभाजनले कुनै असर नगर्ने अहङ्कार प्रदर्शन गरिरहेका छन् । यो उनीहरूको भ्रम हो ।
नेपालका कम्युनिष्टहरू मिल्दा संसदमा झण्डै दुई तिहाई ल्याएका थिए । दल सानो ठूलो जेसुकै होस् बाममोर्चा अर्थात् गठबन्धनको प्रभावले काँग्रेस दोस्रो शक्ति त भयो तर अत्यन्त कमजोर । केपी ओली मातेर गुटको राजनीति गर्दा एमाले पनि फुट्यो । अदालत लगाएर नेकपा फुटाईयो । सरकार पक्षका नेकपा माओवादी, नेकपा समाजवादी र नेकपा मसाल मात्र मिले भने पनि एमालेलाई पराजीत गर्न कठिन छैन । एमालेको ओली समूहले मुलुकलाई झुट्टो आश्वासन, नीतिगत लुट, संघिय शासनमा ओली सरकारले नै संघियताको धज्जी उडाएको कारण राजवादी कमल थापाले नै ओलीलाई मनपराएका हुन् । छुद्र बोली कपटी व्यवहार भ्रष्टाचारी र कमिशन मोहका नायक विचौलियाको सारथी बन्नु नै जनताको बहुदलीय जनवाद बन्दैछ । माधव नेपाललाई धोका दिने दश भाइको चुरीफुरी मंसीरमा देखिन्छ । माओवादी त्यागेका चैतेहरूको पराजय जहाँ नहोला तर अर्घाखाँची कैलाली र रौतहटमा हुने उपचुनावको परिणामले तीनको हैसियत झल्काउन सक्छ । यस पटक बाम गठबन्धन कमजोर छ एमाले एक्लै छ ।
तराइमा माओवादी र समाजवादी मात्र होइनन् उपेन्द्र यादवको शक्ति पनि छ । नेपाली काँग्रेस हिजो दोस्रो शक्ति थियो । राष्ट्रिय सभाको चुनावमा पनि सत्ता गठबन्धन लाग्दा एमाले नील हुन् सक्छ भन्ने कुरा रामबहादुर थापा गृहमन्त्रीको पदमा बसेर प्रहरीको सुरक्षा घेरामा सहभागी भएको चुनावमा संघियता विज्ञ डा. खिमलाल देवकोटाको विजयलाई कम आँक्न हुन्न । त्यो बेला एमाले विभाजन भएको थिएन गुट विभाजन थियो । मतदाता नभएपछि सूर्य चिन्हले केहि नाप्दैन । किनकी त्यहाँ सिद्दान्त, आदर्श, त्यागका कुरा छैनन् । रेल, पानी जाहाज, घरघरमा ग्याँसको लाइन, विद्युतबाट चल्ने सार्वजनिक सवारीको कोलाहल त मच्चायो । तर व्यवहारमा ती सबै फाल्तु भए । कुनै कामको लागि बजेट चाहिन्छ प्राविधिक अध्ययन हुनुपर्छ । तर ओलीले प्रत्येक गाउँपालिका र निर्वाचन क्षेत्रमा अस्पताल स्थापन गर्ने भनेर बालुवाटारमा बसेर शिलान्यास गरे । तीनको लागि नत बजेट थियो न त सर्वेक्षण ! झुट्टो बोल्ने झुट्टो प्रचार गर्न त्यो बेला भ्याई नभ्याई भयो । गल्ती कुरा गल्ती नै हो भन्ने आँट उनका धुपौरेहरूमा भएन । मौका पाउँदा सबै तिर बिगार्ने पार्टी कै नेतालाई अपमान गर्ने, आफू नै सर्वेसर्वा ठान्ने त्यो दम्बकारी समूहले कसरी कम्युनिष्टको भोट पाउँछ ? जबकी ओलीसँग चुनावी एजेण्डा भनेको अब माधव नेपाल पागल हो, प्रचण्ड धुन्धुकारी हो भन्ने बाहेक केही भएन । जबकी धुन्धुकारी र पागलको काम केपी ओलीको ४१ महिने सरकारले ग¥यो । सत्ता गठबन्धनले उपचुनावको परिणामबाट स्थानीय चुनावको गठबन्धन गर्न सक्छ । एमालेसँग मत मिल्ने राप्रपाको कमल थापा कम्पनी मात्र हो ।
ओली हाईफाई एमालेमा नटिक्ने
दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको नेतृत्व सर्वसम्बत नहुने भएपछि विद्युतीय भोटिङ्गको व्यवस्था गर्दैछ । त्यो पार्टीमा केपी ओलीको हुकुम मान्ने र नमान्ने बीचमा चल्ने युद्धले ओलीकै गृहजिल्लासमेत विवाद मुक्त भएन । उता बागमति प्रदेशको सिन्धुलीमा चलेको दोहोरो विवादले धेरैलाई चकित बनायो । सिन्धुलीमा स्थानीय तहले निर्माण गरेको बीपी र पुष्पलालको शालिक अनावरण र बाल उद्यान उद्घाटन कमलामाई नगरपालिका प्रमुखले उद्घाटन गर्ने कार्यक्रमलाई एमालेले जालझेल गर्दा भएको भिडन्तले स्थानीय प्रशासन कफ्र्यू लगाउने स्तरमा पुग्यो । त्यसको कारक ईश्वर बन्न पुगे । ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाउने कुरा शुरुमा ल्याईएन । एमालेले अरुलाई पेलेरै काम चलाउने गर्दै आयो । सिन्धुलीमा गणेश पहाडीले आफ्नो ठाउँमा हैकम चलाउन खोज्दा सङ्कट प¥यो । नेकपा एमालेको पार्टी तहमा कुनै तर्क र छलफल हुँदैन । त्यहाँ केपी ओली नै सबैथोक बन्न खोज्दा पार्टीमा द्वन्द्व हुने गर्छ । एमालेले अन्य साना बामदलमाथि दमन गर्ने गर्छ । सकेसम्म सबै आफैं हजम गर्ने अरुलाई पछि लगाउने एमालेको चालबाट बामपन्थी दलहरू भड्केका छन् । तर पनि एमाले एक्लै चुनाव जित्ने भन्दैछ ।
केपी ओली कम्युनिष्टको नाममा व्यापार गर्ने गुटको राजनीति गरेर पार्टी टुक्रिएको पत्तो नपाउने नेता हुन् । ओलीले पार्टी पनि फुटाए, सत्ताको दुई तिहाई पनि गुमाए लोकतन्त्रलाई बदनाम मात्र गरेनन्, गुटको खेलौना बनाउन खोज्दा सत्ता समेत गुमाए । माधव नेपाल, झलनाथ खनाल भन्दा केपी ओली अगाडि होइनन् । पार्टी जसले बनायो ऊ खेदिएको छ । चुनाव कसरी एमालेले जित्छ ? ओलीले माओवादीबाट गएका चैतेहरूलाई च्याप्दै आफ्नैलाई खेदो खनेका छन् । महाधिवेशनमा सर्वसम्बत हुने उनको रहर छ । ओलीले संगठन बनाउने होइन भएको संगठन भत्काउने अध्यक्ष हुन् । देवत्वकरण उनको रुचि हो । जहाँ ओली त्यहाँ विवाद छ । हिजो पार्टीका भन्दा गुटका नेता मुख्यमन्त्री बनाईए । तीनको पनि चरित्र ओलीको जस्तै भयो । प्रदेश सरकारका प्रमुख भएर राजनीति दलहरू बीचमा समन्वय नगर्ने शंकर पोख्रेल, डोरमणि पौडेल, शेरधन राईको चरित्र मिल्दो जुल्दो थियो । तर त्यही गुटका पृथ्वी सुब्बा गुरुङ फरक देखिए । पोख्रेल, राई र डोरमणिले अल्पमतमा पर्दै गर्दा समेत कुर्सी छाडेनन् ।
भ्रष्टाचारी, गुण्डागर्दी, विचौलियाको राज चल्नु मै केपी ओली समूहको जनताको जनवाद बन्यो । एमालेमा पार्टी सिद्दान्त, विधि, प्रक्रियाका बारेमा विधान महाधिवेशनमा समूहगत छलफल ग¥यो भनियो । तर त्यहाँ पार्टी भन्दा गुट प्रधान भयो । एमाले नै सबै थोक हो भन्नेहरूको लागि दशौं महाधिवेशन अग्नि परिक्षा हुँदैछ । पद पाउन कठिन छ तर माओवादीविरुद्ध कुद्ने टोपबहादुर र लेखराजको मात्र होइन गौरीशंकर चौधरी र प्रभू साहका लागि उप चुनाव नै गहकिलो नहोला भन्न सकिँदैन । किनकी उपचुनावमा सत्ता गठबन्धनको सामुहिक उम्मेद्वार बनाइँदैछ ।
केपी ओलीले बढी नै गरेका छन् । जसले आँफू बाहेक अरुलाई देखेन आफ्नो जयजयकार गर्नेलाई बाहेक अरुलाई पार्टीमा टिक्न दिएन । सहयात्री दलहरूले ओलीलाई गरेको सहयोगको अर्थ रहेन । राज्य शक्तिको स्रोता जनता थियो । त्यो जनता ओली शासनमा नोकर समान बनाइए । मत दिएका मतदातालाई दाश ठानिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल