पाखण्डी रामपाल – “एक कालदुत” !!
ज्ञानहीनो गुरुस्त्याज्यो मित्थ्यावादी विकल्पक: ।
स्वविश्रान्तिं न जानाति पर शान्तिं करोति किम् ।।
ज्ञान् हिन, मिथ्यावादी तथा भ्रम सृजना गर्ने पाखण्डी गुरुको त्याग गर्नुपर्छ । किनकि जसले स्वयं शान्तिको मार्ग प्राप्त गर्न सकेन त्यस्ता ढोंङ्गीले अरुलाई कसरी शान्तिको मार्ग देखाउन सक्ला ?
उपरोक्त श्लोक कथित कबीरपन्थीका गुरु पाखण्डी रामपाल जस्ता ढोंङ्गीकै लागि लेखिएको हुनुपर्छ । जो आफै कुकर्म गरेर नर्कमा (जेलमा) सडिरहेको छ तर त्यस्तो ढोंङ्गीले आफुलाई संसारलाई मुक्तिको मार्ग देखाउने भगवानको अवतार हुँ भन्दै भ्रम छरिरहेको छ र त्यसका अन्धभक्तहरु अन्धकारमै जयजयकार गरिरहेका छन् ।
रामपालले आफुलाई कबीरको अवतार हुँ भन्छ र कबीर लाई ‘सुप्रीम गड’ अर्थात् सबैभन्दा ठूलो देवताको रूपमा ब्याख्या गर्छ । जबकि कबीर कुनै देव थिएनन्, उनी केवल एक कवि तथा सन्त थिए । कबीरले आफुलाई देवको रूपमा कहिल्यै प्रस्तुत गरेनन् । बरु उनले आफुलाई भगवानको दास भन्ने गर्थे र “कबीर दास” परिचीत भए । कबीर दास एक बुनकर जुलाहा परिवारका थिए, तर उनि भगवानका भक्त बने ।
कबीरको मृत्यु भएको सयौं वर्ष पछि अहिले उनको नाममा नयाँ पन्थ खडा गरि ढोंङ्गी रामपालले “कबीर पन्थ” भन्ने पन्थको पसल खोलेको छ र आफुलाई त्यै पसलको “मालिक” बनाइरहेको छ ।
यहाँ ‘मालिक’ शब्दको प्रयोग गर्नु नै उपयुक्त हुन्छ । किनकि कबीर” शब्द अरबी उर्दु भाषाबाट आयातीत शब्द हो । अरबी भाषामा ‘अल-कबीर’ शब्दको अर्थ ‘महान्’ भन्ने हुन्छ । त्यसको अन्य अर्थ ‘मालिक’ वा ‘साहेव’ पनि हुन्छ । इस्लाम धर्म अनुसार यो शब्द अल्लाहको ३७ औँ नाम हो । अल कबीर शब्द कुरानमा धेरैपटक दोहोरिएको छ ।
‘कबीर’ फारसी उर्दु शब्द भएकोले त्यो शब्दको प्रयोग इस्लामहरुको ग्रन्थ कुरानमा अल्लाह लाई सम्बोधन गर्ने क्रममा ६ पटक प्रयोग भएको देखिन्छ भने अब्राहमिक वंशका आधारमा अर्थोडक्स यहुदी बाइबलमा पनि कबीर शब्दको प्रयोग भएको देखिन्छ । यसरी यो शब्दले अब्राहमीक पन्थका आधारमा अल्लाह तथा यसु लाई सम्बोधन गर्दछ ।
कुनै पनि वैदिक सनातन शास्त्रमा कबीर शब्दको प्रयोग इश्वर सुचक अर्थमा कहिँ कतै प्रयोग भएको छैन । आफ्नो मुल धर्म छोडेर अब्राहमिक पन्थमा लाग्ने धर्मछाडा हरुले वेदमा कबीर शब्दको प्रयोग भएको भ्रामक प्रचार गरिरहेका छन् तर त्यो प्रचारमा कुनै सत्यता छैन । वेदले न त अल्लाह चिन्छ, न त यसुलाई चिन्छ । त्यस्तै सनातनीहरुले इश्वर लाई भगवान वा परमात्माको रूपमा सम्बोधन गर्ने गर्छन् । कुनै पन्थका रूपमा खोलिएका नयाँ पसलको ‘मालिक’ वा ‘साहेब’ को रूपमा हैन । बरु त्यसको सट्टा “स्वामी” वा ”नाथ” शब्दको प्रयोग गरिन्छ । ‘मालिक’ तथा ‘साहेब’ शब्द पनि अब्राहमिक शब्द नै हो ।
रामपाल सैतान (प्रेत) पुजक कि देव पुजक ??
यो सबैभन्दा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा हो । रामपाल एक सैतानपुजक नै हो । उसले देवी देवताका मुर्ति वा तस्वीर लाई पुज्नु हुँदैन भन्छ तर आफ्नो फोटोमा पुज्न लगाउछ । परब्रम्ह कबीरदेव निराकार छन् भन्छ तर आकारप्रकार सहितको आफ्नै तस्वीर पुज्न लगाउछ र अन्धभक्तहरु लाई आफ्नै जयजयकार गर्न लगाउछ ।
अझै रहस्यमय कुरा त के भने उसले पित्रीका नाममा गरिने श्राद्ध कर्म गर्नु हुँदैन भन्छ । हिन्दु धर्मको मान्यता अनुसार पित्रीलाई प्रेत आत्माबाट मुक्त गरेर परमात्मा (इश्वर) मा समाहित गर्नका लागि श्राद्ध कर्म अत्यन्तै जरुरी हुन्छ । तर रामपालले श्राद्ध कर्म पाखण्ड हो भनेर बिरोध गर्नुको अर्थ मृतकको आत्मा प्रेतात्मा बनेर भड्किरहोस र उसले मुक्ति नपाओस भन्ने नै हो । किनकि रामपाल प्रेत पुजक हो । त्यसकारण उसले प्रेतहरुको शक्ति बढाउनको लागि नै परमात्माको मार्ग थुन्ने कोसिस गरिरहेको छ । साथै भुतप्रेतको कुनै दिव्य तथा सुन्दर आकारप्रकार नहुने भएकोले नै उसले खोलेको प्रेत कम्पनीको ‘मालिक’ निराकार छन् भन्ने गर्छ ।
त्यसो त सनातन शास्त्रले पनि भगवान निराकार हुनुहुन्छ र एक दिव्य ज्योति स्वरुप हुनुहुन्छ भन्ने मान्यता राख्छ । शिवलिङ्ग त्यै दिव्य ज्योति स्वरुपको प्रतीक हो । तर रामपालले भन्ने गरेको निराकार परब्रम्ह कुनै इश्वरीय शक्ति नभै सैतानी शक्ति हो । प्रेत शक्ति हो ।
सनातन धर्मले महाकाल लाई भगवान शिवको स्वरुप भन्ने मान्यता राख्छ र ‘सुप्रीम गड’ को स्थान दिएको छ । त्यो मान्यता बौद्ध धर्ममा पनि देखिन्छ र किराँत धर्ममा पनि देखिन्छ । बौद्ध धर्मावलम्बीले अवलोकितेश्वरको रूपमा र किराँत धर्मावलम्बीले पारुहाङको रुपमा तिनै महाकालको पुजा गर्ने मान्यता छ । कबीर पन्थको पसल खोलेको पाखण्डी रामपालले महाकालको सट्टा काल पुजा गर्न लगाउछ । आफ्नो अन्धभक्त शिष्यहरुलाई काल पुज्ने सैतानी मन्त्र सिकाइरहेको छ । रामपालको भित्री रहस्य बुझ्न नसकेर उसको पन्थमा लागेका अन्धभक्तहरुले जानीनजानी काल स्वरुप सैतानको पुजा गरिरहेका छन् । सैतान लाई नै ‘सुप्रीम गड’ भनेर मानिरहेका छन् ।
के हो रामपालले दिने ‘सैतानी मन्त्र’ ??
कालदुत रामपालले आफ्नो अन्धभक्त शिष्यहरुलाई दिने सैतानी मन्त्र यस्तो छ-
“काल मन्त्र: सत सुकृत अविगत कबीर
ओ3म् ओ3म् ओ3म् ओ3म्
किलियम् किलियम् किलियम् किलियम्
हरियम् हरियम् हरियम् हरियम्
श्रीयम् श्रीयम् श्रीयम् श्रीयम्
सोहं सोहं सोहं सोहं
सत्यम् सत्यम् सत्यम् सत्यम्
सतनाम: ॐ सोहं
सारनाम: ॐ सोहं सत्यम”
यी सबै मन्त्रहरु काल मन्त्र हुन् । यस्तो मन्त्रको उच्चारण गर्दा भुतप्रेत तथा सैतान लाई बल पुग्छ । यस्तो मन्त्र बारम्बार उच्चारण गर्न र लेख्न हुँदैन । त्यसैले यो लेखमा मैले पूरा मन्त्र उल्लेख गर्न सकिन । आंशिक शब्द मात्र उल्लेख गरें । रामपालले आफ्नो शिष्यलाई दिने ‘गुरुमन्त्र’ यहि हो । वास्तवमा यो कुनै मन्त्र हैन, सैतानी तन्त्र विद्या हो । वास्तविक नाम निर्वाणी (धुनात्मक) भन्दा भिन्न छ । वाणी भन्दा भिन्न छ । मन्त्रको स्वरलिपी र वर्णलिपी भन्दा धेरै फरक छ ।
अब हेरौं सन्त कबीर यसबारे के भन्छन् ?
जंत्र मंत्र सब झूठ है मति भरमो जग कोय ।
सत शब्द जाने बिना कागा हंस न होय ।
जन्त्र मन्त्रको आडम्बर सबै झुठो हो । यसको चक्करमा परेर आफ्नो जीवन व्यर्थ गुमाउनु हुँदैन । गूढ ज्ञान् बिना कौवा कदापि हंस हुन सक्दैन । अर्थात्, दुर्गुण द्वारा परिपुर्ण भएका अज्ञानीहरु कहिल्यै ज्ञानवान हुन सक्दैनन् ।
जहाँ तक मुख वाणी कहीं । तहाँ तक काल का ग्रास ।
वाणी परे जो शब्द है । सो सतगुरु के पास ।
बावन अक्षर मय संसारा । नि:अक्षर सो लोक पसारा ।
सोई नाम है अक्षर निवासा । कायाते बाहर प्रकाशा ।
वास्तविक सतनाम वाणी भन्दा भिन्न छ । स्वरलिपी तथा वर्णलिपीका ५२ अक्षरमा पनि आउदैन । यी अक्षर भन्दा पनि दुर छन् । त्यस्ता तन्त्रहरु केवल कालको ग्रास (आहारा) मात्र हुन् ।
त्यसकारण सम्पुर्ण सनातनीहरु चनाखो बनौं । इश्वर पुज्न छोडेर प्रेत तथा सैतान पुजक नबनौं ।