Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गणतन्त्र भनिए पनि राजनीतिक दलहरुको लुटले जनता वाक्क दिक्क भएका बेला पूर्व राजा आफ्ना असन्तुष्टि पोख्दै हिँडेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणमा पूर्वराजपरिवार भारत गएको बुझिएको छ । स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए । त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा गत २२ गते भारत गएका हुन् । पूर्वयुवराज पारस भने भ्रमण टोलीमा छैनन् । पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजपरिवारसँग हिजो अपरान्ह दर्शनभेट गरेको जानकारी दिए । उत्तर प्रदेशको लखनउमा सौहार्दपूर्ण वातावरणमा भेटवार्ता भएको उनले बताएका छन् । कुराकानीको विषयवस्तुबारे भने पाठकले अनभिज्ञता प्रकट गरे । पूर्वराजसंस्थानिकट स्रोतले भने यो भ्रमण राजनीतिक भएको बताएको छ । नेपालमा राजसंस्था पुनस्स्थापनाका निम्ति राजावादी शक्तिहरू जुर्मुराउन खोजिरहँदा पूर्वराजा स्वयम् पनि अन्तर्राष्ट्रिय समर्थन जुटाउने कसरतमा छन् । दुई महिनामा पूर्वराजाको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनी गत फागुनमा पत्नी कोमलसहित भारत भ्रमणमा गएका थिए । पूर्वराजापरिवारको भ्रमण कति दिनको हो भन्ने जानकारी दिइएको छैन । आगामी जेठ ६ गते धनगढीमा हुने नागरिक अभिनन्दनमा पूर्वराजा उपस्थित हुनेछन् ।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल