Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पारससँग बढ्यो सोनिकाको हिमचिम

काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।
यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो, बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ । अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँछन् ।
यी कुनै अपरिचित युवती भने होइनन् । उनी हुन् यूट्यूवर सोनिका रोकाया । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका छन् ।
तीन छोराछोरीका बुवा पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्वन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । कतिपयले उनीहरु प्रेममा परेको अड्कल पनि काटेका छन् ।
त्यसो त सोनिकासँग पारसको मित्रता मात्रै पनि हुन सक्छ । क्लवमा सँग बस्दा वा वाइकमा सँगै हिँड्दा त्यो प्रेम प्रमाणित हुँदैन । फेरि सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् । उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्छ ।
भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी गरेका छन् । भाइरल भिडियो पोखराको भए पनि कहाँनेरको र कहिले खिचिएको हो भन्ने चै खुलेको छैन ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल