Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी भन्दा सिँहदरबार प्यारो

यो, ऊ भनेर तोक्नै परेन । कम्युनिष्ट र काँग्रेसका मात्र नेता होइनन् जनयुद्धको अधुरो काम पूरा गर्ने भन्दै चन्दा आतङ्क चलाउँदै बिस्फोट र आगजनी गरेर सरकारलाई घम्काउने सिके राउतदेखि नेत्रविक्रम चन्दसम्म पनि राष्ट्र र जनताको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या योजनाबद्द रुपमा ल्याउने हैसियतका भएनन् । व्यवस्थामाथि प्रहार भएकै छ । नेकपाको नाउमा ओली शासक भए । गुटभन्दा टाढा उनी गएनन् । भाषण त उनका चर्का र उखान टुक्कासँग निकै जमेका थिए । तर झुट र गुट बाहेक उनको योजना आएनन् । देश नीतिगत लुटमा चुर्लुम्ब भयो गल्ती कुरामा खबरदारी गर्दा समेत केपीको बानी सुध्रिएन ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नै टीम बचाउन सकेनन् । जनयुद्धका सारथी जोगीन नसक्नु उनको कमजोरी हो । शान्ति सम्झौतापछिको माओवादीको नेतृत्वको स्वभाव, चिन्तन, व्यवहार सामन्तवादी भयो । त्यसको चरित्र, सिद्दान्त र विचार र नीतिमा प्रगतिशीलता भएन । सरकारको नेतृत्व गर्न माओवादीले पायो । एमालेसँगै थियो, तर ऊ सेनाको प्रमुख हटाउने, पशुपतिका भट्ट खेद्ने, ब्राम्हणको टुप्पी च्यात्ने, अपराधीसँग पैसा खाएर बचाउनेमै लाग्यो । सामन्तवादको विरोध गर्दा आफ्नो चरित्र सुधारको भए पो माओवादी जनयुद्दको सार्थकता रहन्थ्यो । नारायणकाजी सत्ता चहान्छन् किन हिजो के गरे त्यस्तो सरकारमा काजीको टीम जानै पर्ने ?
एमालेबाट सामाजिक रुपान्तरणको अपेक्षा थियो । तर विदेशी डलरमा रमाउन थाल्यो । डलरको खेतीमा लागेकाहरूले माक्र्सवादी चिन्तन र व्यवहारमा ख्याल गर्ने कुरै थिएन । धन बोटल्ने होड एमालेमा थियो । त्यसको फल केपी ओलीको ४१ महिने शासनले मुुलुकलाई वैदेशीक ऋण बढाएर पौरख गर्याे । कम्युनिष्टहरू महाभुष्ट हुन्छन् भन्ने कुरा यीनले शासन गर्दा देशको अर्थतन्त्रले देखाएको मोद्रिक नीति र प्रधासनीक संरचना काफी छ केपी ओली आफू धनी भए देश डूबाए । गुट बनाए त्यसले राजनीति धानेन । एमाले केन्द्रदेखि गाउँसम्म विभाजीत अवस्था छ । माओवादी आफू केही गर्दैन संगठन बनाउँदैन सिहंदरबार वरपर घुमिरहेको छ ।