Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीले जुस पिए, फेरि अनसन बस्नु नपराेस्

काठमाडौँ । पटक पटक सहमति गर्दै अनसन तोड्दै आएका डा. गोविन्द केसीले फेरि एक पटक सरकारसँगको सहमतिमा अनसन तोडेका छन् । पटक पटक सहमतिमा धोकाधडी खाएका डा. गोविन्द केसीले यसपटक धोका खानु हुँदैन ।
सधैं जनताको आवाज बोल्ने डा. गोविन्द केसीलाई धोका दिनु भनेको जनतामाथि घात गर्नु हो । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् । शनिवार मध्यरातमा डा केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन् । शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसीले सोही अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडे। सरकार र डा. केसी बीच सरकारी मेडिकल कलेज तथा स्वासथ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, कोभिड १९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षणको विस्तार गर्ने, अन्य विरामीको उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने, बयंलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको छ ।

त्यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तीका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउने विषयमा समेत सहमति भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ संशोधन गर्ने सम्बन्धमा सरकार र डा. केसी बीच २०७५ साल साउन १० गते भएको सम्झौताको कार्यान्वयन गर्ने, स्नातकोत्तर तहको सिट विभाजन सम्बन्धमा चिकित्सा शिक्षा आयोगको परामर्शमा वैधानिक एवं न्यायोचित अनुपात कायम हुने गरी पुनरावलोकन गर्ने सम्बन्धमा पनि सहमति भएको छ ।


सम्बन्धित समाचार