Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वि.सं. २०६८ माघ २७ गते हालको चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको बाबा नरनारायण आश्रममा हाम्रो विवाह भयो । विहे हुनुभन्दा अगाडि हाम्रो समय–समयमा टेलिफोन सम्पर्क र भेटघाट हुन्थ्यो । गीता लामा तामाङ्गले नै पटक पटक मोबाइल सम्पर्क गर्ने र भेटौं–भेटौं भनिरहने हुँदा वि.सं. २०४३÷१०÷१५ मा दार्चुला जिल्लाको तत्कालित काँटे गा.वि.स.–०३ मा जन्मेको मैले भेटघाट गरे ! विहे अगाडि घुम्न जाऊँ भनेकोले मनकामना, गोरखाकाली माता दर्शनको लागि म गीता लामा तामाङ्ग र कमला गुरुङ्ग समेत हामी तीनै जना गुर्जुधारामा भेट भई माइक्रो चढी गयौं । खर्च तिमीले गर्नु पर्छ ल भनेको थियो । उनीहरु २ जना र म एक्लो पुरुष थिएँ त्यति बेला ।
त्यसपछि पटक–पटक फोन कहिले कपन गुम्बा, कहिले स्वयम्भू डाँडा बोलाउन थालिन् । कहिलेकाहीं फिलिम हलमा समेत जाऊँ भनिन् । भेटघाटको क्रममा म सँग घरायसी कुरा गर्न थालिन् । मेरो घरमा सबै जनाले माछा, मासु, जाँड रक्सी पकाउँछन् खान्छन्, तँ बुढीकन्या भएर अहिलेसम्म माइत किन बसेकी हो ? कोही केटो खोजेर गई हाल भन्छन् भन्थी । जाँड रक्सी घरमै बनाउने र सबै जना बिहानदेखि नै खान्छन् अनि म शाहाकारी भएकोले एउटै चुलोमा खाना पकाउन मन लाग्दैन, मलाई पकाएर दिने कोही हुँदैन भन्थिन् । ३५ वर्षसम्म रहेर हाम्रो अंश खाने विचार छ कि के हो ! भनी पटक–पटक गीता लामाको बुबा सोमबहादुर तामाङ्ग, आमा शान्ति तामाङ्गनी, भेनाजु मिनु गोले, जेठो दाइ बीर तामाङले समेत समय–समयमा तनाव दिने काम गरेको कुरा सुनाईन् । कुरा हुँदै गर्दा खेरी मेरा पनि पारिवारिक कुराहरु भए ।
हामी मिलेर केही गरुँ भन्ने कुरा भयो । मनका कुरा साटासाट भएपछि बिहे गर्ने भन्ने भयो । उनको चलन अनुसार केटीको हात माग्न आऊ भनिन् ! रक्सी र मासु ल्याएर आउनु पर्ने रे ! एक कार्टुन बियर सिङ्गै कुखुरा बोकेर अनि १२० वटा सेलहरु बोकेर गईयो । मैले गीता लामा बसेकै घरमा जज्ञ बनाएर ब्राम्हणको संस्कार अनुसार बिहे गर्ने प्रस्ताव राख्दा उनको भिनाजु मिनु गोले (हाल सरकारी गाडी चलाउने करारको ड्राइभर) ले हाम्रो चलनमा हुँदैन भनेपछि आश्रममा गएर बिहे भयो । बिहे हुँदा साडी किन्ने पैसा रु. ७,०००÷– मैले दिएको थिएँ । आमा बाबुले दिदैन भनेको रहेछ । बिहे गर्नु अगाडि के छ त तिम्रो सम्पत्ति देखाऊ भनी गीताको दाइ बीरमान लामा घरैमा आएको र घरको लालपूर्जा समेत हेरेको अवस्था हो ! लालपूर्जाको फोटोकपि लगेर बीरमान लामाले आफ्नो परिवारसित कुरा गरेकोले बिहे गर्न सहज भयो । बिहे हुनु अगाडि हामी बीचमा एक परिवारले अर्को परिवारलाई हामी दुबैको तर्फबाट टर्चर हुँदैन भन्ने कुरा भयो ।
हामी अलग जातीयताका मान्छेहरुमा एक अर्काको परिवारमा जाँदा आउँदा आ–आफ्नो संस्कार अनुसार चलन निभाउने भन्ने कुराकानी भएको थियो । बिहे पश्चात् ससुराली जाँदा हरेक पल्ट रक्सीको बोतल लानुपर्ने र टाउको र नङ्ग समेत नछुटिएको कुखुरा समेत लानुपर्ने भयो । हरेक चाडपर्वमा बोलाउने गर्न थाल्नु भयो ससुरालीबाट । वर्षमा लगभग १५÷२० पटक ससुराली जाँदा मेरो खर्च २०६८ माघ २७ पछि एक वर्ष झण्डै ८० हजार हुन थाल्यो । मेरो कमाइको स्रोत पत्रिका थियो । भनेको बेला माइत नजाँदा मलाई गाली गर्ने, मुख छाड्ने, आमा गाली गर्ने व्यवहार गीताबाट भयो । बिहे पछि लुभूको घरमा मैले ५५८२०१४ नं. को ल्याण्डलाईन टेलिफोन पनि राखें । माइत फोन गर्दा खेरी महिनाको २६०० सम्म विल तिर्नुपर्ने भयो ।
केहिलेकाहीं जडीबुटीको काम पनि गर्थे, मौसम अनुसार । आफू शाहाकारी मान्छे, घरमा ससुराली खलक आउँदाखेरी माछा, मासु, जाँड रक्सी ल्याएर ख्वाउन भन्न थालिन् । मैले सोही अनुसार गरें । मेरो दाजुभाइ खलक आउँदाखेरी मलाई आमा गाली गर्ने, ढोका थुनेर बस्ने गर्न थालिन् । कहिलेकाहीं ढोकामा चावी लगाएर बाहिर जान थालिन् । मैले सहेर बसें । समय चल्दै गयो । यही क्रममा २०७०÷०२÷१४ मा जेठो सन्तानको जन्म भयो फअ अस्पिटलमा । पटक पटक बिरामी भइन् छोरी सौभबी बडू । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा धेरै दिन राखियो उपचारको शिलशिलामा सम्पूर्ण खर्च मैले गरें । ससुराली तर्फका मान्छेहरु आउँदाखेरी (छोरीलाई हेर्न भनी) मासु भात खुवाएर, ट्याक्सी भाडा समेत दिएर पठाएँ । छोरी बिरामी भएर भर्ना हुँदा धेरै आफन्तहरु भेट्न आए । घर व्यवहार चलाउँदै जाने क्रममा मैले केही व्यक्तिहरुबाट ऋण सापटी पैसा समेत लिएँ । काम गर्दै जाने, कमाउदै तिर्दै जाने भन्ने मानसिकता थियो र छ पनि ।
मिनु गोलेकी श्रीमती मकवानपुर जिल्लाबाट नागरिकता लिएको अन्दाजी वर्ष ४३ को अनिता गोलेको नाममा १५०,००० (एक लाख पचास हजार) को चेक काटेर दिएको छु घर खर्च चाहियो भनेर मागेपछि दिएको हो । अनिता गोलेले हालसम्म उक्त रकम मलाई फिर्ता गर्नु भएको छैन । पटक–पटक माग्दाखेरी धम्की दिने र गाली गलौज गर्ने व्यवहार सहेर बसें ।
गीता लामा (तामाङ्गको) नाममा रहेको खाताबाट उनको दाजु बीर बहादुर तामाङ्गले घर बनाउँदा लगेको रु. ५००,००० (पाँच लाख) रुपियाँ अहिलेसम्म फिर्ता नगरेकोले निजको श्रीमती नानी तामाङ्ग र गीता लामा (तामाङ्ग)को बुवा सोमबहादुर तामाङ्ग, आमा शान्ति तामाङ्गनी, दाइ बीरमान लामा, बीरमान लामाकी श्रीमती जेनी गुरुङ्ग समेत सगोलमै रहेको अवस्थामा म श्रीमानको नाताले मैले जम्मा गरेको उक्त रकम पाउनुपर्छ तर पाएको छैन ।
बीरबहादुर तामाङ्ग (गीता लामाको जेठो दाइ) ले उनकी छोरी रविना लामा अष्ट्रेलिया जानु अगाडि मबाट लगेको रु. ५,००,००० (पाँच लाख) ब्याज सहित फिर्ता भएको छैन ।
सेते लामाको छोरी शान्ति तामाङ्गनी, सोमबहादुर तामाङ्ग, मिनु गोले, अनिता गोले, बीरमान लामाको श्रीमती जेनी गुरुङ्ग, स्व. वीर ब. तामाङ्ग, बीर ब. तामाङ्गको श्रीमती नानी तामाङ्ग लगायत कपन र सुन्ताखानका मान्छेहरु बटुलेर पटक पटक मलाई ज्यान मार्ने धम्की दिएको । मेरो पैसा फिर्ता गरिदिनुस् भन्दा नदिने भनेर डर त्रास देखाएका छन् ।
बिहे हुनुभन्दा अगाडि एकअर्काप्रतिको सम्मान राम्रै थियो । बिहे पछि मलाई हेप्ने, कुट्ने, हामी त भोटेको जात हो जे गर्न नि पछि पर्दैनौं भन्ने व्यवहार भयो । पटक–पटक ब्युटिपार्लर जाने, ठाउँ–ठाउँमा घुम्न लैजाऊ भन्न थालिन् । मैले पटक–पटक मनकामना दर्शन, लुम्बिनी दर्शन, कालिञ्चोक भगवती दर्शन, पोखरा भ्रमण, मुक्तिनाथ भ्रमण, दक्षिणकाली दर्शन, नगरकोट भ्रमण, गोदावरी भ्रमण, धुलिखेल भ्रमण, चिडियाखाना भ्रमण लगायत विभिन्न स्थलहरुमा पु¥याएँ गीता लामाले भने बमोजिम । गाडी बुकिङ्ग गरेर जानुपर्ने र हरेक पल्ट उसको माइती खलकलाई बोकेर जानुपर्ने भनेर मलाई बाध्य पारिन् । सबैको अधिकांश खर्च व्यवस्थापन मैले गर्नु पर्ने भयो ।
मलाई आर्थिक व्ययभार बढ्दै गयो । ससुराली खलकले लगेको पैसा फिर्ता दिनुभन्दा नमान्ने धम्काउने र मुख छाडेर गाली गर्न थाले । यस विषयले पारिवारीक तनाव भयो । सुत्केरी हुँदा महिनाको नौ हजारसम्म तलव दिएर काम गर्ने मान्छे समेत राखें । श्रीमतीको शरीरमा तेल लगाउने बच्चाहरुको कपडा धुने र घरको स्याहार सुसार गर्ने भनेर । गीता लामाको जेठो दाइ बीर ब. तामाङ्ग पटक पटक आउने र पैसा माग्ने गर्नु हुन्थ्यो । कहिले छोरी बिदेश पठाउन, कहिले छोरा विदेश पठाउन, कहिले नयाँ घर बनाउन भनेर । बीर ब. तामाङ्गलाई पैसा दिनुु भन्ने उनको सहोदर भाई बीरमान तामाङ्ग (लामा) अमेरिका बस्दा पनि समय–समयमा कुरा भइरहन्थ्यो । आफ्नो माइती खलकले भनेको बेला पैसा नदिंदा साला खाते, रण्डीको छोरा, नामर्द, कुकुर जस्ता शब्दहरु प्रयोग गर्ने र म सँग सुन्नु पर्दैन भनी पटक–पटक लात्तीले हान्ने काम गरिन् गीताले । म सँग संधै पैसा हुदैनथ्यो । यसरी म शारिरीक र मानसिक पीडामा पर्दै गएँ ।
गीता लामाको जेठो भाउजू नानी तामाङ्ग पटक–पटक आएर विभिन्न बहानामा पैसा लगिरहने गर्नु हुन्थ्यो । म घरमा नभएको समयमा समेत मलाई नसोधी माइती खलकका मान्छेहरु पैसा सापटी माग्न आउँदा गीताले दिएकी छन् । गीता लामाको कान्छो दाइ बीरमान तामाङ्ग (लामा) र उनकी तत्कालिन गर्लफ्रेण्ड जेनी गुरुङ्ग पटक–पटक लुभूस्थित घरमा आउने र आएको बेला रक्सी र मासु ल्याऊ भनेर गीताले भन्ने गरेको र सोही अनुसार मैले गरेको छु । पैसा नहुँदाखेरी छिमेकीहरुसँग समेत सापटी लिई खर्च गरेको छु । म माइत जाँदाखेरी कहिले सिङ्गै कुखुरा, कहिले खसीको मासु र प्रत्येक पल्ट रक्सीको बोतल, फलफूल लैजाने र फर्किदाखेरी सासु आमाको हातमा घटीमा ५०० (पाँच सय) र बढीमा २५०० (पच्चीस सय) गीताले भने बमोजिम व्यवस्थापन खर्च गरेको छु । नयाँपाटी बचत तथा ऋण सहकारीमा गीता लामाको नाममा रहेको खातामा मैले नै पैसा पटक–पटक हालिदिएको छु ।
सहकारीको उक्त चेक र पासबुकमा गीताले दस्तखत गरेर छोड्ने र आफ्नी आमालाई दिने गरेको मलाई थाहा छ । म गीताको माइत जाँदा हरेक पल्ट उनीहरुलाई रक्सीले सम्मान गर्नु पर्ने चलन देखाएर मलाई आर्थिक तथा मानसिक पीडामा पारिन् गीताले । हरेक पल्ट मातृ औंशी, पितृ औंसी, दशैं तिहार, माघे संक्रान्ति लगायत चाडपर्वमा जाँदा मोबाइल, घडी, सल, ज्याकेट, नयाँ कपडाहरु, मिठाई लगायतमा खर्च व्यवस्थापन गरेको छु गीताको ईच्छा अनुसार । प्रत्येक पल्ट घुम्न जाँदाखेरी गीताको आग्रह अनुसार उनको माइती खलकलाई संगै बोकेर लैजानुपर्ने र अधिकांश खर्च व्यवस्थापन मैले गर्नु पर्ने हुँदा आर्थिक पीडामा परेको छु । गीता लामाको दिदी अनिता गोलेको जेठो छोरो ढावा गोले कोरिया जानु अगाडि अनिता गोलेको माग बमोजिम र गीता लामाको इच्छा अनुरुप पैसा दिएको छु । उक्त रकम हालसम्म फिर्ता भएको छैन ।
पटक–पटक माग्दाखेरी धम्काउने, आमा गाली गर्ने पीडा सहदै आएको छु । माइतीका सबै जनाको संयुक्त मिलोमतोले पटक–पटक मानसिक तथा शारिरीक यातनाको शिकार भएको छु आफ्नै श्रीमतीबाट समेत । वि.सं. २०७८ चैत्र २५ गते बाबुको वार्षिक श्राद्ध कार्यक्रम थियो ।
जव कोरोनाको विश्वब्यापी लहरले नेपालमा पनि छोयो त्यो बेलादेखि घरैमा बस्नुपर्ने भयो । दिन दिनै काममा जाने मान्छे किन घरमा बसेको कुकुर, साला गधा, रण्डीको छोरा जस्ता शब्दहरु प्रयोग गरी गाली गर्न थालिन् । कामकाजमा कमी आयो र आर्थिक चपेटामा पर्ने अवस्था भयो । भएको पैसाले घर खर्च चलाउने र बचत गर्न गाह्रो हुने समय आयो । दिनको झण्डै ३०० रुपियाँको फलफूल खाने श्रीमती म सँग रिसाउँदै गइन् । संसारका मान्छेलाई काल आउँदैन तँ मात्र मर्छु भनेर डराउने हो ? तुरुन्त घर छोडेर गइहाल भनेपछि कोरोना कहरको बेलामा बुवा मरेको ६ महिना नहुँदै सेतो कपडा लगाएर म काठमाडौं बाहिर काममा जान बाध्य भए । कमाई थोरै हुन थालेपछि घरमा छिर्न नदिने, ढोका बन्द गर्ने, खाना नपकाउने गर्न थालिन् । यसरी म मानसिक पीडामा परें । म त माष्टर्स पढेको मान्छे हो साला कुकुर भन्न थालिन् । दैनिक पैसा माग्ने, घरबाहिर गएर मोबाइलबाट माइती खलकलाई फोन गर्ने, डराउने, पैसा नदिए तँलाई जेल हाल्छु भन्ने, बलात्कार मुद्दामा फसाउँछु भन्ने, माइती नेपाल बोलाउँछु भन्ने, युट्युबहरु बोलाउँछु भन्ने, महिला सेलमा मुद्दा हाल्छु भन्ने गर्न थालिन् । कोरोना कहरपछि मेरो काम घट्दै गयो ।
दशैंमा जाँदा टीका लगाउँदा सोमबहादुर तामाङ्गको जेठो ज्वाईं मिनु गोलेलाई दिने र म सुरेन्द्र बडूलाई दिने दक्षिणामा भिन्नता देखें । तामाङ्गको चलन अनुसार हरेक कार्यक्रममा ज्वाईं अगाडि बढ्नुपर्ने भयो । गीताको सल्लाह अनुसार म दुःख सुखमा सामेल हुँदै गएँ । गीता लामाको भिनाजु करारको ड्राइभर भएको र आर्थिक अवस्था कमजोर भएकोले तिमीले दुःखमा मेरो माइतीलाई सहयोग गर्नु पर्छ भनिन् गीताले । गीताको बुबा सोमबहादुर तामाङ्गको घरमा भएका विभिन्न समस्याहरुमा साथ दिदै गएँ । सोम ब. तामाङ्गको छिमेकीसँग झगडा मिलाउनेदेखि बिरामी हुँदा हस्पिटल लैजाने, खर्च पनि गर्ने, करेसा बारीमा काम गरिदिने, बारी सफा गरिदिने, सल्लाह दिने लगायतका विभिन्न सहयोगहरु गर्दै आएँ । गीता लामालाई भाइटीकामा माइत जाँदा उनको दाजुले दिने दक्षिणा र अनिता गोलेलाई दिने दक्षिणामा भेदभाव गर्न थाले । यो कुरा गीता र त बीच भइरह्यो । हामी परिवारसहित ससुराली जाँदा मेरोे परिवार र मलाई गर्ने व्यवहार र सोम ब. तामाङ्गको जेठो ज्वाईलाई गर्ने व्यवहारमा धेरै भिन्नताहरु देखें । जेठो ज्वाईंले खाएको थाल सासु शान्ति तामाङ्गनीले उठाउने, जेठो ज्वाईंलाई ठूलो बनाएर कुरा गर्ने, जहिल्यै पनि जेठो ज्वाईंले तास खेलेर पैसा जित्छ भन्ने, मेरा कुरा नसुन्ने र पैसा चाहियो भने मात्र मलाई सम्झिने गर्न थाल्नु भयो सासु शान्ति तामाङ्गनीले । तामाङ्गको चलनमा ज्वाईंले नोकर जस्तो हुनुपर्छ भन्न थाल्नु भयो । गीताको दिदी अनिता गोलेले । यस्ता कुराहरुले मलाई धेरै नै तनाव भयो । शान्ति तामाङ्गनीले दोस्रो बुढास्वरुप सोम ब. तामाङ्गसित भागेर विवाह गरेको थाहा भयो गीता लामाको मुखबाट । गीता लामा तामाङ्गको दिदी अनिता गोलेले पनि भागेर दोस्रो बिहे मिनु गोलेसित गरेको थाहा भयो । मेरो श्रीमती गीता लामा (तामाङ्ग)को बिहे हुनुभन्दा अगाडि हात भाँच्चिएको रहेछ, त्।द्य रोग लागेको रहेछ म भन्दा ३ वर्ष जेठी भएको कुरा पनि बिहेपछि थाहा भयो । नागरिकता अनुसार पनि यो कुरा पुष्टि हुन्छ । गीता लामा तामाङ्ग र म बीचमा बिहेपछि वि.सं. २०७०÷२÷१४ प्रथम सन्तानको जन्म भएपछि शान्ति तामाङ्गनी आउनु भयो । सात दिनसम्म बस्नु भयो तर एकपल्ट पनि आफ्नी छोरी गीता लामाको शरीरमा तेल लगाउन पनि सिकाउनु भएन । मेरो आमा पनि हुनुहुन्थ्यो । गीता लामाको जेठो भाउजु नानी तामाङ्ग पनि हुनुहुन्थ्यो । मलाई शान्ति तामाङ्गले तुरुन्तै काम गर्ने मान्छे राख, सुत्केरी स्याहार्ने मान्छे राख भन्नुभयो । तत्कालिन अवस्थामा मेरो आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि मैले तुरुन्तै सुत्केरी स्याहार्ने मान्छे खोजें । सुत्केरी स्याहार्ने मान्छे नखोज्ने भए यो बच्चा बाहुनको हो, खुट्टा भए जुत्ता जति पनि पाइन्छ, छोडेर जाऊँ भन्नु भयो गीता लामाको जेठी भाउजू नानी तामाङ्गले । मेरो आमाको अगाडि आमा गाली पनि गर्नु भयो र म सकी नसकी काम गर्ने मान्छे राख्न बाध्य भएँ । यसरी पटक–पटक म ससुराली पक्षबाट पीडित हुँदै मानसिक यातनाको शिकार भएँ । दुःख, सुख जिन्दगी चल्दै थियो । मेरो बुबाले तराईबाट झण्डै ५०० (पाँच सय) लिटर तोरीको तेल पनि ल्याउनु भयो सुत्केरी बुहारीलाई स्याहार्न भनेर । तराईबाट आफ्नै खेतको चामल, दाल, आँप, कटहर ल्याउनुहुन्थ्यो । तराईको चामल राम्रो हुँदैन म त लङ्ग्रेन चामल खान्छु भन्न थालिन् गीताले मैले भने अनुसार व्यवस्था गरें । फलफूल, पनिर, काजु, पेस्ता, बदाम लगायत खाद्यान्नमा समेत कमी गरेको छैन । गीता लामाको भिनाजू मिनु गोलेले प्रत्येक दिन रक्सी खाने र रातीको समयमा १०ः४२ मिनेट, ९ः४३ मिनेटमा साँझ ८ः५९ मिनेटमा पटक–पटक फोन गरी जागीर खान आऊ, म मिलाउँछु सर्टिफिकेट ल्याएर आऊ, एक्लै आऊ, जोरपाटी आउँछु भन्ने गरेको मैले स्वयम् सुनेपछि गीता लामा र म बीचमा भनाभन भयो । आफू करारको ड्राइभर भएकोले उसले पटक–पटक बोलाउने गर्न थाल्यो र गीता लामा जान थाली तर जागीर भएन । यो विषयले तनाव भएकै हो । यो कुरा मैले भनेको छु सासु, ससुरालाई ।
हाम्रो त भेना, सालीको जे पनि चल्छ भनेर गीताको आमा शान्ति तामाङ्गनीले भनेपछि मेरो मन म¥यो ससुरालीतिर । ससुरालीमा जाँदा जेठो ज्वाई नआइकन कान्छा ज्वाईलाई पस्किनु हुँदैन भनेर मलाई पाकेको खाना खान २ घण्टा कुर्नु प¥यो । गीता लामा तामाङ्ग गर्भवती भएको बेला माइत जाँदाखेरी मलाई नसोधी लामा बोलाई म ओछ्याउनमा पल्टिरहेको समयमा गीता लामाको भूँडीको बच्चालाई फुक्न लगाउनु भयो लामा चलन अनुसार । फुक्दा फुक्दै मैले देखी हालें । किन यसो गरेको भन्दा लामाको चलनमा यस्तै छ भन्नु भयो । यस घटनाले मलाई दुखी बनायो । कपन, सुन्ताखान, बालुवा, तारेथिर, बौद्ध जे जति ठाउँमा गीताको आफन्तहरु थिए ती सबैको परिवारमा हुने पूजापाठ, ब्रतबन्ध, घेवा–न्वारान, पास्नी लगायतका गतिविधिहरुमा घटीमा १५०० (पन्ध्र सय) रकम छोरीको तर्फबाट दिनुपर्छ भन्दा मैले बढीमा ५००० (पाँच हजार) सम्म । ब्यहोर्दै आएको छु । विभिन्न व्यक्तिहरुको घरमा हुने कार्यक्रमहरुमा पटक–पटक यसबाट मलाई आर्थिक व्ययभार थपिने काम भयो र तनाव पनि । गीताको दिदी अनिता गोलेको छोराको ब्रतबन्धमा सापटी दिनु प¥यो भनी शान्ति तामाङ्गनीले भन्दा मैले दिएको छु । त्यो रकम हालसम्म फिर्ता भएको छैन ।
१) मेरी श्रीमती गीता लामा (तामाङ्ग) को म सँग विवाह पूर्व अरु केटासँग मग्नी भएको रहेछ, उनीहरुको पटक–पटक भेटघाट हुने, फिलिम हेर्न जाने, एकले अर्कालाई लत्ताकपडा, घडी किनिदिने रेष्टुरेण्टमा खाजा, खाना खाने गरेका रहेछन् । यो कुरा बिहेपछि मात्र थाहा भयो । उक्त केटाको परिवार सगोलमा रहेछ र कुनै पनि सम्पत्ति केटाको नाममा रहेनछ । यो कुरा मैले विवाह पश्चात् थाहा पाएँ । मेरो लालपूर्जाको फोटोकपी लगेर घरमा सल्लाह गर्ने अनि विवाह गर्ने त्यसैले भनेको रहेछ । बिहेपछि मेरो नाममा घर जग्गा हाल्नु प¥यो भनेर पटक–पटक भन्न थालिन् । मैले काम गर्दै जाने क्रममा कमाएर हालौंला बिस्तारै भन्दै गएँ । पटक–पटक माईत गएको बेलामा के–कति छ सम्पत्ति ? छोरीको नाममा हाल्नुपर्छ, हाम्रो त छोरीको नाममा हाल्ने चलन छ, छोरीको नाममा हालेन भने घर व्यवहार टिकाउन गा¥हो हुन्छ भन्न थाल्नु भयो । शान्ति तामाङ्गनीले, सोम ब. तामाङ्गले, अनिता गोलेले मिनु गोलेले, बीर ब. तामाङ्गले, नानो तामाङ्गले, बीरमान तामाङ्ग (लामा) ले । यसरी पुरै परिवार मिलेर मलाई मानसिक यातना दिइरहे ।
२) म बसेको लुभूस्थित घरैमा आएर समेत मलाई पटक–पटक भने । यसै कारण मैले अलि अलि रकम जम्मा गर्दै उसको नाममा मुद्दती खातामा पैसा राख्न थाले । मैले जम्मा गरेको छु भन्ने थाहा पाएर मेरो ससुराली लखकका सबै जसो व्यक्तिहरुले विभिन्न बहानामा पटक–पटक पैसा माग्दै आए । १० दिनमा फिर्ता गर्छु भन्ने, कहिले १५ दिनमा दिन्छु भन्ने, कहिले छोरी अष्ट्रेलिया उडाउन बैंकमा देखाउनु पर्ने भन्ने, कहिले छोरा उड्दा देखाउनु पर्ने भन्ने, कहिले घर बनाउँदा खर्च चाहियो भन्ने, कहिले कलेजको फिस तिर्न चाहियो, कहिले बिरामी पर्दा चाहियो भनेर मागिरहने र म नभएको बेला समेत श्रीमती गीतालाई भनेर घरैमा आएर लगेर जाने जे जति हुन्छ । गीताको दिदी अनिता गोलेले उनकी आमा शान्ति तामाङ्गनीको घरमा गलैंचा बुन्ने गर्नु हुँदोरहेछ तान राखेर । कहिले धागो किन्ने पैसा छैन भन्ने, कहिले दशैंलाई खर्च भएन भन्ने, कहिले मेरो बुढोले तास खेलेर २०,००० (बीस हजार) हा¥यो अनि खर्च सकियो दिनु प¥यो भनेर आफ्नी बहिनी गीता र म सँग पटक–पटक रकम माग गर्न थालिन् । आफ्नो माइतीलाई सेवा गर्नु पर्छ, दिएन भने ठीक हुँदैन भनेर श्रीमती गीताले पटक–पटक मलाई धम्क्याउन थालिन् । गीताले भनेको नमान्दा गाली गर्ने, बच्चाहरुलाई पिट्ने, ढोका थुनेर बस्ने, लात्ती हान्ने जस्ता गतिविधि गर्न थालिन् । माइती खलकको टर्चर किन सहने ? हामीले राजीखुशीले गरेको विवाह हो भन्दा चुप लाग् साला खाते, त्यति पनि गर्न सक्दैनन् भन्न थालिन् । मैले पैसा नहुँदा मेरो सिक्री र औंठी बेचेर समेत दिएको छु । म बिहान ६ बजेदेखि काममा जाने मान्छे । विभिन्न पत्रपत्रिकामा कार्यकारी सम्पादन, अतिथी सम्पादन, सामाचार लेखन, साहित्यिक पुस्तकहरु लेखन, जीवनी लेखन, दार्चुलाबाट आएका व्यक्तिहरुसँग भेटघाट, जडीबुटीको खरिद–विक्रीमा मध्यस्तकर्ताको भूमिकामा रहेर जग्गाको मध्यस्थकर्ता भएर कमिशनको भरमा समेत सक्रिय हुँदै थिएँ । कहिलेकाहीं घर बाहिर जानु पर्ने अवस्था हुन्थ्यो । म नभएको बेला आफ्ना साथीहरु बोलाउने, तराईबाट पठाएको घ्यू दिएर पठाउने, खाना खाजा पकाएर ख्वाउने र जुठो भाँडाकुँडाहरु नधोई नपखाली राख्न थालिन् गीताले । कैयौं पटक मैले सफा गरेको छु । बिहान ढिलो उठ्ने, खाना नपकाउने, माइत जान मात्रै खोज्ने गर्न थालिन् । यसै क्रममा मेरो घरबाट आठ आना सुनको टप हरायो । म घरमा नभएको बेलामा श्रीमती गीता लामाको भदइनि रविना लामा र गीता लामा मात्र घरमा बसेका थिए । रविना लामा कहिलेकाहीं आइरहन्थिन् मेरो श्रीमतीसँग साथी बस्ने भनेर । मेरो श्रीमतीले भनेपछि प्रथम पल्ट मैले नै हो वा. वा. बैंक लुभू शाखामा रविना लामाको नाममा रु. १५०० (एक हजार पाँच सय) राखेर खाता खोलिदिएँ । त्यसै क्रममा मैले जम्मा गर्ने गरेको खुत्रुक्के (माटाको) मेरो सुत्ने खाटको घर्रामा थियो, त्यो पनि हरायो । काँसका केही थालहरु हराए । कहाँ गयो भनी सोध्दा श्रीमतीले मलाई थाहा छैन भन्न थालिन् । यसरी तनाव हुँदै गयो । उक्त माटोको खुत्रुकेमा रु. ३५००० (पैतीस हजार) नगद थियो म सहँदै गएँ । श्रीमती गीता लामाको दिदी अनिता गोलेले पटक–पटक फोन गरी मलाई के कति छ सम्पत्ति बुबा आमाको भनेर सोधिरहने गर्नु हुन्थ्यो । बहिनीको नाममा राख्नु पर्छ, मेरो बुढाले ड्राइभर भएर एक रुपियाँ कमाएन, जाँड रक्सी खाएर तरुनीसँग लाग्यो, जुवातास खेलेर पैसा सकायो भनिरहनु हुन्थ्यो अनिता गोलेले । जुवा तास खेल्ने र जाँड रक्सी खाएको विषयमा छिमेकीहरुसँग झगडा भएको र हानाहान भएपछि मिलापत्र गरेको रेकर्ड अहिले पनि छ सुन्दरीजल प्रहरी प्रभागमा, सोम ब. तामाङ, अनिता गोले, शान्ति तामाङ्गनी लगायत अरु व्यक्तिहरु समेतको सहभागितामा छलफल भएको रहेछ । वरिपरिका मान्छेहरु भेला गर्ने र जुवातास खेलाउने, लोकल रक्सी बनाउने अनि बेच्ने चलन रहेछ । यस्ता घटना सुनेर मलाई ससुराली जान मन लाग्न छाड्यो ।
मिति २०७८ पुस महिनामा मेरो आमा एक महिना लुभूको घरमा माइला छोरासँगै बस्ने भनेर आउनु भयो । वहाँ सेतो कपडामा हुनुहुन्थ्यो । खाना पकाउने क्रममा दालमा तेल बढी भयो भनेर मेरी आमासँग झगडा गरिन् – यस्तो पनि दाल हुन्छ ? यो बुढीले पकाएको खाना कसले खान्छ भनिन् । मेरो आमा रुनु भयो र खाना नखाई बस्नु भयो । आमाले लुभू बस्न नमानेपछि मैले कलंकी पु¥याएँ । दोस्रो दिन किन यस्तो भनेको भनी सम्झाउँदा फलामको रडले मलाई हानिन्, हातभरी खुट्टाभरी निलडाम भयो र आफैले नेवार समुदायका उसका मिल्ने महिलाहरुलाई पनि बोलाइन् अनि तथानाम गाली गरिन् । मेरो परिवार र माइती पक्षलाई खबर गरेको रहेछ । माइती पक्षका आठ जना मान्छेहरु आएर मलाई धम्क्याउने, तर्साउने, मारिदिने, जेल हाल्ने, बलात्कार मुद्दामा फसाउने, पुरै खानदान सिध्याउने कुरा गर्न थाले । मेरी श्रीमतीले मलाई थुक्ने, लात्ती हान्ने गरिन् । तँ घरबाट निस्किहाल, तेरो छोरीहरुलाई बिचल्ली बनाउँछु, तँलाई युट्युबर ल्याएर सार्वजनिक बेइजत गर्छु, तँ सँग बस्दै बस्दिन भन्न थालिन् । ठीक त्यसै बेला उसकी दिदी अनिता गोलेले तुरुन्तै डिभोर्स गर्, हामी दिदी बहिनी मिलेर बसौंला भनिन् । त्यसपछि मेरो घरमा जाँदा ढोका नखोल्ने, चाबी लगाएर हिड्ने गरिन् । मैले पटक–पटक सम्झाउने प्रयास गरें अनि म घर बाहिर जान बाध्य भएँ । पैसा नदिए बच्चालाई खान नदिने भनेकोले पटक–पटक दिइरहे । त्यसपछि कुखुरा हरायो, खरायो हरायो, तेरो बाउको पिचास आयो भनेर मलाई नसोधी कहिले काम गर्ने दिदीको घरमा, कहिले होटलमा बस्न थालिन् । घरको चाबी उसैसँग थियो । मेरो भाई, भाउजु र जेठो दाइको छोरो समेत जाँदा छिमेकी गंगा दिदीको घरमा बसेर तथानाम गाली गरिन् र ढोका खोलिनन् । एकपल्ट काम गर्ने दिदीको घरमा खोज्दै जाँदा धेरै मान्छेको अगाडि चप्पलले हानिन् । सबै मान्छेहरु ज्यूँदै छन् । मलाई महिला आयोगबाट फोन आएको छैन । वर्ष दिनको फिस तिर्दा पनि नमूना स्कूलमा बच्चाहरुलाई पठाउन छाडिन् । धेरै प्रयास गरे बच्चा स्कूल पठाउन भनेर तर पनि पठाइनन् । बच्चाहरुले मलाई गाली गर्न थाले । म सँग फोनमा कुरा गर्न नदिने, पैसा मात्र माग्ने, तँ घरमा आइस् भने फसाउँछु भन्ने गर्न थालिन् । ठीक एक महिना छिमेकी राजेन्द्र श्रेष्ठको घरमा बसिन् । मलाई नसोधी पचास मिटरको दूरीमा रहेको छिमेकी राजेन्द्र श्रेष्ठले घरमा किन राखे प्रश्नको विषय थियो । मेरो बुवा बितेपछि घरमा भूत आए÷नआएको मलाई थाहा छैन । मलाई मानसिक, शारीरिक यातना दिएर घर निकाला गर्ने र मबाट अंश लिई विभिन्न बहाना बनाई छुट्टिने नियत रहेको पाएँ मैले । यही बेलामा मैले महालक्ष्मीस्थानमा रहेको घरमा मर्मत गरें र परिवारलाई सारें २०७८ चैत्र १६ गते मेरो बुबाको बार्षिकी चैत्र २५ मा थियो । परिवारका सबै सदस्य आए, तर उनी आइनन् । परिवारका सदस्यहरु मेरा काका, काकी, भेनाजु, भाइ बुहारीहरु र म सम्झाउन भनी श्रीमती बसेको ठाउँमा गएँ । त्यहाँ पनि फलामको रडले बेस्करी कुटाई खाएँ घरमा र म बीचैमा निस्केर हिँडे । पटक–पटक कुचोले कुटाई खाएँ ।
मेरो कपन, सुन्ताखान, सुन्दरीजल, बौद्धतिर २४ भाइ छोराहरु छन् । सबैलाई बोलाएर तेरो नामको सम्पत्ति मेरी छोरीको नाममा हाल्न लगाउँछु भन्नुभयो शान्ति तामाङ्गनीले । भनेको मानेन भने तँलाई सिध्याई दिन्छु समेत भन्नुभयो । पटक–पटकको यस्ता तनावले बुढाबुढीमा असमझदारी सृजना भयो । बिहे गर्नु अगाडि स्कूटरमा आउने र पटक–पटक मलाई स्कूटरको पछाडि राखेर विभिन्न ठाउँमा घुम्न लैजाने गर्न थालिन् गीताले । आफ्ना दुःखका कुरा गर्ने, विभिन्न कपडाहरु किन्न लगाउने पनि गरिन् । मेरी श्रीमतीको दाइको छोरा छेदेन लामाको ब्रतबन्धमा सुन्दरीजल, नयाँपाटी ५ मा रहेको घरमा बोलाएर आफ्नै कोठामा राखी सबै जना सित परिचय गराइन् । त्यो भन्दा अगाडि गीता लामाको दिदी अनिता गोलेसित पटक–पटक फोनमा कुराकानी गराउने गरिन् । अनिता गोलेले र बीरमान लामाले मलाई मेरी बहिनी मास्टर्स पढेकी छ तपाईसँग बिहे भयो भने राम्रो हुन्छ, तपाईले माइतबाट समेत जग्गा पाउने व्यवस्था गरिदिन्छु भने मलाई । यसरी ललाइफकाई मलाई आफ्नो बहिनीसँग नजिक बनाउन बाध्य पारे । विभिन्न समयमा मलाई नयाँ पाटीको घरमा समेत बोलाउन थाले । अनि नजिक हुँदै जाँदा बिहे भयो ।
– सुरेन्द्र बडू
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल