Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुनर्वहालीको पत्र लिएर जंगी अड्डा पुगेका जर्साब सैनिक प्रहरीको हिरासतमा

काठमाडौं । वुधबारबाट अनिवार्य अवकाशमा जान लागेका दुई तारे जर्नेल (उपरथी) प्रेमप्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमततामा संलग्न रहेको पाइएपछि शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । शाही १५ दिनदेखि विदामा थिए । प्रवक्ता भण्डारीले आर्थिक अनुशासन सम्बन्धी छानबिनमा उपरथी शाहीलाई नियन्त्रणमा लिइएको बताए । ‘उहाँ बहालमा रहेको अवस्थामा आर्थिक अनियमितता भएको भन्ने कुरा आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो’, उनले भने ।