Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकार निरंकुश बन्दैछ । संसदीय व्यवस्थाका पुराना हस्तीहरू बदनाम छन् । कानुनी प्रक्रियाले तिनैलाई नचिन्ने हो कि भन्ने शंका उब्जाउने चलखेल हुँदैछ । एमाले अध्यक्षले आफ्ना विरुद्ध लाग्ने र पद खोस्न सक्रिय हुने मध्येका एक विष्णु पोडेललाई बिचौलिया दिपक भट्ट र सुलभ अग्रवालसँग जोडेर राज्यले पाक्राउ गर्दा खुच्चिङ भन्न छाडेनन् । त्यस्ता अरु पनि पर्न सक्छन् । ओलीले भन्दै थिए । बालेन सरकारले हिजो केपी ओली शासक हुँदा गरिएका निर्णय माफियाको स्वार्थमा भएका काम थाहा पाएकै थियो । तर सम्पत्ति सुद्धिकरणको नाउमा स्थापित संस्थालाई काम गर्न नदिने हिजोको चरित्र आज पनि छ । भाद्र २३ को कत्लेआम र २४ को नरसंहार नियोजित थियो । पद त्याग्न नसके र विध्वंश मच्चाउन सफल तिनैलाई सेनाले जोगायो । सत्ता इतरका प्रचण्ड र माधवहरूलाई सिंहदरबारमा आगो लागेपछि सेनालाई परिचय दिएर बच्नु पर्ने बाध्यता आयो । जेनजी समूहका सञ्चालक को थिए ? टिओबी समूह, हाम्रो नेपाल, बारबरा फाउन्डेशन जस्ता संस्था पछिल्लो समयमा उद्देश्य पूरा भएपछि हराएका छन् । गृहमन्त्री सुधन गुरुङलाई सम्पत्ति विवादमा पनि जोगाइयो । सरकारका कामबाट कतै सन्तोष लिने स्थिति छैन ।
टिओबी र अल्गोरिदम हावी
दम्ब र अहंकारले सरकार ग्रस्त छ । अशिम शाह, कुमार बेन जस्ता अनुहारले अल्गोरिदमको हवाला जागेको छ । जनताले किन यो सरकारलाई यति धेरै महत्व दियो ? केपी ओलीसँग गरेको त्यो अपेक्षा अर्थ रहेन नत प्रचण्डप्रतिको अपेक्षा नै कम थियो । ४ महिनामै बालेन राजप्रति जनताको वितृष्णा जागेको छ । मन्द विष खुवाइँदैछ । प्रधानमन्त्रीको अहंकार बढी भयो जो संसदप्रति बफादार छैन । अर्थमन्त्री र परराष्ट्रमन्त्रीको प्रधानमन्त्रीसँग द्वन्द्व छ । सुधन, सुनिल, गनेश जस्ताले गरेको निर्णय र बोलेका बोलीले जग हँसायो । सस्मीत पोखरेलको प्रस्तुती पनि टिओबी समूहकै नक्कल हो । जसले समस्यासँग जुध्ने ल्याकत राख्दैन । विपक्षी काँग्रेस कार्यकर्ता र जनताभन्दा नेताको स्वार्थमा लोभिएको छ । फागुन २१ ले खुम्च्याएको काँग्रेसी क्रेज प्रदेश सरकारबाट पनि हट्ने अवस्था आउँदैछ । पुराना रैथानेमध्येकै वंशीय परम्परामा सत्तँ र शक्तिमा रमाएकाहरूलाई पार्टीमा युवा पुस्ता आएकोमा आक्रोश छ । एमालेभित्र त्यस्तै छ । असफलताको भारी अध्यक्षले बोक्नु पर्ने पदाधिकारी सबै चोखो बन्नु पर्ने अमिल्दा कुरा त्यहाँ छन् । माओवादीमा पनि उस्तै छ । ओलीले कार्यकर्ताको पहुँच आप्नो स्थिति जनताको आवश्यकता जस्ता कुरालाई ध्यान नदिइ दलाल र गुटभित्रबाट सांसदका उम्मेदवार छनोट गरेका कारणले चुनाव पराजयको जिम्मा लिन पद त्याग गरेर विकल्प पूरा गर्न दवा दिइएको हो । काँग्रेसमा समानुपातिक सांसदमा देउवा पक्ष नै हावी थियो । तर काँग्रेस नेताको द्वन्द्वमा पार्टी पर्दा झण्डा र चुनाव चिन्ह प्रमुख हुँदा संस्थापनको मतबाट घटबढ होला समर्थन र साथ विद्रोहीप्रति धेरै देखिए पनि आड भरोसा संस्थापनमै बढी हुन्छ । आज देशको स्थिति सत्ता ज्यादती, दमन हिंस्रक बन्दै जाँदा पुराना दलहरू अन्तरकलह र शक्ति संघर्षमा रमाइरहेका छन् । राजनीतिमा नालायकी पन यहाँ भन्दा अरु खोज्नै पर्दैन । हामी जान्ने भन्नेहरू सय दिनमै असफलताको यात्रामा अघि बढेका छन् । विपक्षीको कुरै नसुन्ने, समस्याको गहिराईमा जानै नचाहने, प्रधानमन्त्री बन्ने तर संविधान नमान्ने त्यो संविधानको भावनामाथि प्रहार गर्ने, संसदवाद लत्याउने प्रधानमन्त्रीको व्यवहार विरुद्ध संसदमा आवाज उठ्दा संसदनै स्थगित गरी दिने पढेका र जान्नेहरूको हर्कतले जनता दंग छन् । रास्वपाप्रतिको लहर घट्दो छ । सरकार विरोधी ग्राफ बढ्दो छ । संसदका समिति अध्ययन र विषयतग छलफलबाट विधेयक बनाउनेतर्फ केन्द्रीत छैनन् । समस्या लिएर जाँदा मन्त्रीले भेट दिँदैनन् । उद्योगपति, विद्यालय सञ्चालक निर्माण व्यवासयी, शिक्षक, विद्यार्थी, कर्मचारी, मजदूरको स्थितिप्रति सरकारलाई चासो छैन । अहंकार र दम्बले ग्रस्त प्रधानमन्त्रीबाट देशको विकास तुरुन्तै भइहाल्छ भनेर पत्याउने ठाउँ छैन ।
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल