Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।
पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो
इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजायँ तोकेको छ । उनी हाल जेलमा छन् ।
पाकिस्तान तहरीक ए इन्साफ ९पीटीआई० पार्टीका नेता इमरान खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनी विरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन् । शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ । तर खानले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन्
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल