Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वप्रेमिका र श्रीमतीको झगडाले गयो ज्यान

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन । पूर्वप्रेमिका र श्रीमतीबीचको झगडाले नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ । लक्ष्मणमाथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेपछि उनले दिएको बयानका क्रममा यो रहस्य खुलेको हो । महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार शुरुमा मृतक लक्ष्मण, उनकी श्रीमती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रेमिकाबीच झगडा हुँदा घटनाले यस्तो अवस्थासम्म पुगेको पाइएको छ । त्यसपछि एक आपसमा शक्ति देखाउन उनीहरुबीच ग्याङ खडा गरी बादबिबाद हुँदा लक्ष्मणको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । सोनुले श्रीमान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई घटनास्थलमा बोलाएकी थिइन । पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाएपछि दुबै पक्षबीच भिडन्त नै भएको भएको थियो । आङदोर्जे समुहको आक्रमणमा परी लक्ष्मणका दाइ शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् । आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छुरा प्रहार गरी हत्या गरेको खुलेको छ। शुक्रबार राति मितेरी पुल नजिक शेर्पासहितको समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ । शुक्रवार राति करिब साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ । आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।