Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वमाओवादी एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावाी गरेका छन्।
आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावी गरेका हुन्।

प्रचण्डले एकताको विभाजनको श्रृंखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै पूर्वमाओवादी भन्नेहरु एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वभाविक रहेको धारणा राखे।
उनले परिवर्तन नरुचाउने तत्वहरु अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको आरोप लगाए।

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल