Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वमा कोभिडको आतंक फैलियो

विराटनगर । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्र संक्रमितले भरिभराउ भएको छ । दुई साताको अवधिमै अस्पताल भरिभराउ भएपछि नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा अस्पताल पुगेको हो । अस्पतालको क्षमता ७५ शय्याको रहे पनि ३२ शैय्या मात्र भेण्टिलेटरसहितको रहेकाले नयाँ संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको केन्द्रका निमित्त निर्देशक डा भगत यादवले बताएका छन् । अस्पतालमा चैत २५ गते यतामात्र ३२ जना गम्भीर खालका कोरोना संक्रमित भर्ना भएका छन् । ती सबै अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्थामा छन् । अस्पतालमा आएकामध्ये अक्सिजनको मात्रा घटेका अति सिकिस्तलाई मात्र भर्ना लिने गरेका छौं भगतले भने ‘अस्पतालमा भेटिलेटरसहितको सबै बेड भरिएको छ । आईसीयू र भेन्टिलेटर बिरामीले भरिएकाले अब गम्भीर खालका कोरोनाभाइरस संक्रमितलाई पनि अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था रहेको उनले गुनासो गरे । प्रदेश सरकारको निर्देशनअनुसार अक्सिजन लिनु नपर्ने प्रकारका संक्रमितलाई भने भर्ना नलिइएको डा यादवले बताएका हुन् । उनले सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमै पठाउने गरेको उनको भनाइ छ । प्रदेशमा कोरानाको दर शून्यमा भरेपछि सो अस्पताल बन्द गरिएको थियो । कोरोनाको दोश्रो लहर सुरु भएसँगै प्रदेश सरकारले चैत २४ गते कोभिड–१९ अस्पताल पुनः सञ्चालनमा ल्याएको हो ।

अस्पतालको क्षमता कति ?

सामाजिक विकास मन्त्रालयका अनुसार धरानको बीपी प्रतिष्ठानमा कोभिड उपचार केन्द्रकै लागि ७२ वटा आइसीयू र १९ वटा भेन्टिलेटरसहितको एक सय बेड सञ्चालनमा छन् । कोशी अस्पतालमा आइसीयू ६ वटा, भेन्टिलेटर ५ वटा, मेची अस्पतालमा ६ वटा आइसीयू सञ्चालनमा छन् । प्रदेश सरकारको पहलमा स्थापित कोशी कोभिड अस्पतालमा कूल १८० बेडमध्ये पछाडि थपिएको एक सय वटा बेड अक्सिजनसहितका छन् । तर, विद्युतीय उपकरणहरुको सेटिङ भइनसकेका कारण ती सय बेड सञ्चालनमा आउन केही दिन लाग्ने अस्पतालले जनाएको हो । बेडहरु तयारी अवस्थामा छन् अस्पतालका संयोजक एपोलो भगतले भने तर अक्सिजन सञ्चालनका लागि चाहिने विद्युतीय उपकरणहरु धमाधम जडान भइरहेको छ । त्यसैले तीनरचार दिनमा सकेर सञ्चालनमा आउनेछ । यो अस्पतालमा ३० वटा भेन्टिलेटर र ५० वटा एचडीयु कक्ष छन् । सामाजिक विकास मन्त्रालयको अस्पताल तथा चिकित्सक महाशाखा प्रमुख डा संगिता राईले संक्रमतिको उपचारको व्यवस्थापनका लागि अस्पतालमा बेड र जनशक्ति अभाव नहुने गरी तयारी भइरहेको बताइन् ।

सय बेड थप्ने तयारी

कोरोनाको दोश्रो लहरसँगै विराटनगरसहित प्रदेशभरी सक्रिय संक्रमितको दर उच्च हुँदै गएपछि प्रदेश सरकारले भोलिबाट थप एक सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । विराटनगरको कोभिड १९ उपचार केन्द्रको दोश्रो ब्लकमा रहेको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो । कोरानाको लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनको तयारी भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् । अस्पतालका सबै शय्यामा अक्सिजन सप्लाईका लागि प्राविधिक बाँकी काम साँझसम्ममा पूरा हुनेछ सचिव कार्कीका अनुसार आज सम्पूर्ण तयारीको काम सकेर भोलिबाट आवश्यक सेवा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ । प्रदेश सरकारले भोलिबाट अस्पतालबाट थप सेवा सञ्चालन गर्ने निर्णय बमोजिम सोही अनुसार काम भइरहेको उनले बताएका छन् । सचिव कार्कीले पछिल्ला दिनमा कोरोना संक्रमितको दर बढेदै गएको अवस्थामा प्रदेशमा थप एक सय शय्याको विशिष्टीकृत कोभिड अस्पताल सञ्चालनमा आएसँगै संक्रमितहरुको उपचारमा सहज हुने विश्वास लिइएको बताएका छन् ।


सम्बन्धित समाचार