Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व युवराज पारस नै गणतन्त्रवादी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सेटिङ मिलाएर योजनाबद्ध रुपमा गरेका छन् । जसका पछाडि न्यायालयदेखि निर्वाचन आयोग, सेना र देशी विदेशी शक्ति केन्द्रको आड भरोसा देखिन्छ । सुभाष नेम्वाङवलाई सभामुख बनाएर एमसीसी पास गर्ने योजनाको असफलतापछि पार्टी विभाजन गरेर देउवासहित एमसीसी गिरोहको गठबन्धन बनाउन खोजिरहेका थिए । यो कुरामा असफल भएपछि भावी चुनावी रणनीतिका साथ संसद विघटन गराए ।
१) चुनावमा बाबुराम, देउवा, कमल थापा, केशरबहादुर विष्ट मात्र होइन, प्रचण्ड खेमाका वर्षमान पुन जस्ता एमसीसी गिरोहको गठबन्धन निर्माण गर्ने र एमसीसी विरोधीहरूलाई सफाया गर्ने त्यो मोर्चाबन्दी जनता समाजवादीसम्म विस्तार गर्ने । यसकारण केपी ओली ढुक्का देखिन्छन् ।

२) एकातर्फ अमेरिकी मिसनमा प्रतिनिधिसभा विघटन गराइएको छ भने अर्कोतर्फ पश्चिमाहरूले ठूला मिडियाहरू र सडकमा पनि आफ्नै मानिस उतारिरहेको छ । विघटनको विरोध गरेको नाटक मञ्चन गराएर सडकमा आफ्नो कित्ता बाहिरको समूह स्थापित हुन नदिन आवारा नागरिक समाज र पूर्व प्रधानन्यायाधीशहरू उतारिएको छ ।

क) जस्तो गोविन्द केसी जस्ता मानिसहरू जो गत निर्वाचनमा गगन थापा जस्ता अमेरिकी र देशी विदेशी एजेन्सीका जासुसका चुनाव प्रचारक हुन् ।

ख) प्रचण्डले चीनसँग बीआरआई सम्झौता गर्नु पूर्व अदालतमार्फत् प्रचण्ड र देउवालाई जेल हाल्ने प्रकारले भूमिका निभाएकी तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की जसको वैचारिक गाइड नेपाली भाषा समाप्त गर्न युरोपीयन मिसनमा भूमिका निभाएका कल्याण श्रेष्ठले गरिरहेका छन् । महाअभियोगको प्रस्ताव र सुशीलालाई प्रचण्डले कारकाबाही गरेपछि चीनसँगको बिआरआई सम्झौता रोक्ने सुशीला मार्फत्को अदालत मिसन असफल भएको थियो । यी पूर्व प्रधानन्यायाधीशहरूलाई जुन शक्तिले ओलीलाई संसद विघटन गर्न अघि सा¥यो । त्यही शक्तिले उतारेको छ ।

३) सडकमा राजा आउ देश बचाउ भन्दै त्यही शक्ति केन्द्रले अर्काथरि पात्रहरू अगाडि सारेको छ । जस्तोः

क) नेपालको धर्म संस्कृतिमाथि प्रहार गर्ने डोरबहादुर विष्टका छोरा कुनै समय युनाइटेड मिसन टु नेपालसँग घनिष्ट सम्बन्ध रहेका केशरबहादुर विष्ट जसका छोरा विराट विष्टले अघिल्लो ओली सरकारमा वर्तमान संविधानअन्तर्गत मन्त्री बनिसकेका छन् ।

ख) राष्ट्रविरोधी सिके राउतका कानुनी सल्लाहकार डा. सुरेन्द्र भण्डारीलाई पृथ्वीनारायण शाहको ब्यानरमा अगाडि सारिएको छ । पूर्व राजा ज्ञानेन्द्रका वरिपरिको कर्मचारी गिरोहले भण्डारीदेखि चर्च मण्डलीका अध्यक्ष केबी रोकाया र उनका कार्यकर्ता सडकमा उतारेर नाटक मञ्चन गरिरहेका छन् । यी सबै घटना र मिसन राजा वीरेन्द्र र मदन हत्या गर्ने एउटै शक्ति केन्द्रले चलाइरहेको अवस्था छ । कुनै समय नेपालको गोरखा नेपाल एकीकणको मुहान थियो । त्यो अहिले देशी विदेशी जासुसहरूको अखडा भएको छ । पहिला गोर्खाली आयो भने बीर गोर्खाली भनेर डराउँथे । अहिले कसैले गोर्खा घर भन्यो भने कुन जासुस हो भन्नु पर्ने अवस्था छ । नेपाल विरोधी बाबुराम भट्टराई, दक्षिण कोरियन चर्चका एजेन्ट एकनाथ ढकाल, अमेरिकी चर्चका एजेन्ट रामशरण नेपाली, नेपालका दैनिक पत्रिकाहरूमा स्तम्भ लेख्ने जासुसहरू हेर्दा गोर्खा अहिले जुनसुकै ब्यानरका हुन् नेपाल विघटन गर्ने इन्डो पश्चिमी अपराधीहरूको केन्द्र बनेको छ ।

पृथ्वीनारायण शाहको ब्यानरमा पश्चिमा
पृथ्वीनाराण शाहको नेपाल पुनः एकीकरण दक्षिणमा रहेको ब्रिटिश साम्राज्य र पश्चिमका क्रिश्चियनहरू विरुद्ध थियो । महायोगी गुरु गोरखनाथको सुक्ष्म शक्ति त्यसमा थियो । कुनै समय एनटीटीपी पीसमार्फत दनमनाथ ढुंगाना र पद्मरत्न तुलाधरले नेपालमा जातीय, क्षेत्रीय हिंसा चलाउन इसाई मेसिनरीको योजनाअनुसार डिल्ली बजारको भोजनगृह केन्द्र बनाएर मिसन चलाएका थिए । त्यहीं अर्कोतर्फ भरत बस्नेतको नेतृत्वमा पृथ्वीनारायण शाह राष्ट्रिय एकता अभियान ब्रिटिश नागरिक फ्रि तिब्बत अभियन्ता रमेश ढुंगेल साथै मोदननाथ पश्रितको नेतृत्वमा चलाइएको थियो । जसलाई पृथ्वी विचार अभियन्ता खगेन्द्र सिटौला र पेशनकुमार निरौलाले इन्डो पश्चिमी मिसनलाई असफल बनाइदिएर वैचारिक रुपमा अघि बढाएका थिए । जसलाई २०४६ को वामपन्थी विद्यार्थी आन्दोलनका नेता राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत वामपन्थी प्रगतिशिल प्रजातान्त्रिक तप्काको बृहत सहयोग थियो । जसको उद्देश्य पृथ्वीनारायण शाहको बहुआयामित साम्राज्यवाद विरोधी विचारलाई जनस्तसम्म लैजानु थियो । यसबाट दरबारिया र राजका कर्मचारीहरू छटपटाइरहेका थिए ।

उनीहरूले आफ्ना अनुचरहरू पठाएर पटक पटक असफल बनाउने प्रयत्न गरेका थिए । एक पटक वामदेव गौतमले दरबार हत्याकाण्डका समयका राजा वीरेन्द्रका एडीसी टिका धमलालाई देखाउँदै गणतन्त्रवादी टिका धमला र तत्कालिन राजाका मुख्यसचिव पशुपतिभक्त महर्जनहरू जस्ता हुन् भन्दा मण्डलेहरूले हुटिङ नै गरेका थिए । गत वर्ष नै यसलाई विघटन गर्ने उद्देश्यका साथ केबी रोकाया र सुरेन्द्र भण्डारीहरू पूर्व राजाका सचिवमार्फत् क्रियाशील थिए । जसलाई खगेन्द्र सिटौला र पेशल निरौलाले रोकेका थिए । बाहिर व्यक्त गर्न नसके पनि भरत बस्नेतमा पृथ्वीनारायण शाह राष्ट्रिय एकता अभियान दरबार र सेनाभित्रको इन्डो पश्चिमी जासुसी घेरा बाहिरबाट वैचारिक अभियान ग्रासरुटमा गएकोमा छटपटी थियो । यो पटक साथीहरूले अहिलेलाई अलग बसौं भनेपछि पशुपतिनाथ उखेल्नुपर्दछ भन्ने बीपी कोइरालाकी नातिनी मनिषा कोइरालालाई अगाडि सारेर यो ब्यानरमा पनि पश्चिमी गिरोहको असली अनुहार सार्वजनिक भएको छ ।

पूर्व युवराज पारस नै गणतन्त्रवादी
पूर्व युवराज पारसको बारेमा झापा आन्दोलनका नेता राधाकृष्ण मैनालीको नलेखिएको इतिहास र भारतमोहन अधिकारीको मृत्युपूर्वका अन्तिम पुस्तकमा जे लेखेका छन् सत्य लेखेका छन् । बाबु राजा ज्ञानेन्द्रलाई दरबारको इन्डो पश्चिमी गिरोहले समाप्त गर्न लाग्यो, लौन, सम्झाइदेऊ । उनी आत्तिएका थिए । यो कुरा उनले राधाकृष्ण मैनाली र भरतमोहन अधिकारीसँग व्यक्त गरेका थिए । तर उनको कुरा सुनिँदैनथ्यो । त्यसकारण उनी राजनीतिक व्यक्तित्वहरूसँग गुहार मागिरहेका थिए । त्यही दरबारीया इन्डो पश्चिमा गिरोह अहिले पनि पृथ्वीनारायण शाहको वास्तविक वैचारिक अभियान रोक्न क्रियाशील छ ।

राजा ज्ञानेन्द्रलाई दलाई लामा बनाउन उद्दत छ । केही समय पूर्व चर्च मण्डलीका अध्यक्ष केबी रोकायाको पहलमा केही आबारा नागरिक समाजका व्यक्तिहरू पूर्व राजासँग भेटाएर पत्रकार सम्मेलन गर्न लगाएका थिए । तिनै कर्मचारीहरू पूर्व राजालाई दलाई लामा बनाउन सिआइए मिसनमा काम गरिरहेका छन् । यही देखेर होला केही समय पूर्व पोखरामा पूर्व युवराज पारसले राजा र राजतन्त्रको कुरा नगर राष्ट्रको कुरा गर भनेर म्यासेज दिएका थिए ।

मैदानमै भिडन्त
निर्वाचन हुन्छ नै । कसैले रोक्न सक्ने छैन । त्यतिबेला भिडन्त इन्डो अमेरिकी कित्तासँग हुनेछ । काँग्रेसभित्र शेखर कोइराला हुन् या देउवा विरोधीहरूले आफ्नो कित्ता प्रष्ट गर्नु पर्दछ । अन्यथा मटियामेट हुनेछ । प्रचण्डले पहिचान र धर्म निरपेक्षताको एजेन्डा छाडेर मोर्चाबन्दीमा आउनै पर्दछ चीनको सहयोगका साथ । यो अवस्थामा ओलीको आडमा पूर्व राजालाई दलाई लामा बनाउने नक्कली राजावादी गिरोहको समाप्ति हुनेछ भने अहिलेका गोर्खाली जासुसहरू मटियामेट हुनेछन् । जसरी श्रीलंकामा मैत्रीपाला श्रीसेनाको अन्त्य भयो ओलीको पनि त्यसैगरी अन्त्य हुनेछ । तर नीति र एजेन्डा महेन्द्रा राजापाक्षेको जस्तो लिएर ओलीसँग भिड्न सक्नुपर्दछ ।