Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृतनापतिहरुको सम्मेलन सुरू

काठमाडौँ । आजबाट नेपाली सेनाले पृतनापति सम्मेलन सुरू हुँदैछ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ । प्रत्येक छ महिनामा नियमित रुपमा हुँदै आएको सम्मेलन यस पटक तीन दिनसम्म भर्चुअल माध्यमबाट हुनेछ । सम्मेलनमा सेनाका आठ पृतनापतिले आ–आफ्ना कार्य क्षेत्रमा भएका उपलब्धी, चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य–पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् ।


सम्बन्धित समाचार