Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोलियम पदार्थसहित बढ्यो ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ।