Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोल मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्ग अवरुद्ध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले आइतबार बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ तथा ४ को राजवंशी चोक र दूध फारमनजिक सवारीसाधन तेर्स्याएर यातायात व्यवसायीले सडकमा अवरोध गरेका हुन्।

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य स् पेट्रोल १९९, डिजेल–मट्टितेल १९२ रुपैयाँ
व्यवसायीको आन्दोलनका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। एम्बुलेन्स लगायत अति आवश्यकीय सवारीसाधनलाई पनि अवरोध गरिएको छ। सार्वजनिक सवारीका सञ्चालकले दुवै तर्फको सडकमा चक्काजाम गरेर सवारीसाधन सञ्चालनमा अवरोध गरेको प्रहरीले जनाएको छ। यातायात व्यवसायीले सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन्। इन्धनमा मूल्यवृद्धि हुँदा सवारीका साधन सञ्चालन गर्न सक्ने अवस्था नभएको उनीहरुको भनाइ छ।

सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।

सवारीसाधनमा अवरोध गरिएको स्थानमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको। सुरक्षाकर्मीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन्। त्यस क्रममा प्रहरीले ४ जना सवारी चालकलाई पनि नियन्त्रणमा लिएको छ।

आन्दोलनरत पक्षलाई सम्झाईबुझाई गरेर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। यातायात सञ्चालनमा थप अवरोध गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल