Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेस्तोल तथा भरुवा बन्दुक सहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका बालुवाखानीबाट पेस्तोल १ थान सहित काठमाडौं चुनिखेल बस्ने रामेछाप मन्थली नगरपालिका(१३ घर भएका ३५ वर्षीय रोशन बर्देवालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा हात(हतियार सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका(१० बस्ने पुर्ण बहादुर तामाङलाई भरुवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले लाकुरी भञ्ज्याङबाट लुभुतर्फ आउँदै गरेका तामाङलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल