Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ठगहरूका अनेक फन्डा हुन्छन् । कुहिरे दिल्ली आइसक्यो, सोमबार नेपाल आउँछ त्यसपछि काम धमाधम हुन्छ । आफूले पैसा कुम्ल्याएका पीडितहरूलाई विमल सिंहले दिने यो आश्वासन हो । उनी नेपाल प्रहरीका पूर्व आईजीपी स्व. हेमबहादुर सिंहका नाताले भतिजा हुन् । त्यही कारण नेपाल प्रहरीले विमल सिंहको ठगीलाई आँखा चिम्लिएको हो भने यो जस्तो अपराध प्रहरीको अरु हुँदैन । २०७४ सालसम्म विमलकी दिदी सुधाले महिलाहरूलाई सीप सिकाएर जीवन निर्वाह गर्ने गरी ओमन ड्रिम नामक संस्थाबाट काम थालिन् । त्यो बेला उनको संस्थामा तालिम प्राप्त महिलाहरूले रोजगार पनि पाए, शिप पनि सिके, जब भाइ बिमलले ठूलो प्रोजेक्ट छ दिदी, यही संस्थामार्फत् चलाउनु प¥यो भने उनी लोभमा फसिन् । सुधाको समेत अहिले बेहाल भएको छ । मौका परे विचौलियाको धन्दा गर्ने माओवादी अध्यक्ष पुष्पमकल दाहालका साला होमनाथ पौडेल पनि त्यही जोडिए । उनले प्रधानमन्त्री भिनाजु, भाञ्जीहरू गंगा र रेणुबाट कर्मचारी र प्रहरीहरूको सरुवा बढुवा गरिदिने भन्दै राम्रैसँग उठाउन सिक्ने अवसर पनि विमलकै आइडियाबाट सिके । पहुँचका आधारमा कम्युनिष्ट पार्टी र काँग्रेसका नेताहरूसँग निकट हुने विमल ठाउँ अनुसार रुद्राक्षका माला लगाउने, गरिबहरूलाई सहयोग गरेको देखाउने कुरामा पोख्त थिए । आफ्नै काका स्व. हेमबहादुर सिंहको शक्तिको बलले उनीहरूविरुद्ध प्रहरीले नै पक्राउ पूर्जी काटे पनि त्यो पुर्जी त्यसै थन्कियो । धिरजप्रताप सिंह जब सिआईबीमा आए उनले पनि पीडितहरूको समस्या समाधान गर्न तोक आदेश प्रहरीलाई नै लगाए । तर उनको आदेश आइजीपी हुँदासम्म कार्यान्वयन भएन । विमलसँग जोडिएका पात्रहरू जीवन खानाल, आरबी शाह, शिवु श्रेष्ठ, साजन महर्जन, हरिवंश ठकुरी पनि हुन् । उनै सिंहले आफूले कारोबार गर्दा चित्त नबुझेपछि १ करोड ५१ लाखको चेक बाउन्स काण्ड लगाएर जगतबहादुर चन्दलाई जेल कोचेका छन् । उनले सिआईबीका तत्कालिन निरीक्षक रञ्जित लामालाई प्रयोग गरेर सिआईबीमा परेको उजुरी थन्क्याएका त होइनन् ? पीडितहरू शंका गरिरहेका छन् । महिलाहरूको सपना नामक संस्थाबाट एभरेष्ट बैङ्क मार्फत् पनि पैसा बटुलिएको छ भने अधिकांश रकम सुधा बस्नेतले आफ्नै कार्यालयको भौचर रसिदबाट असुलेको देखिन्छ । उनीबाट ठगिएका किशोर राणा, चम्पा राजभण्डारी, मोहन आले, जुना गुरुङ, अबतार लामा, मोहन खड्का, मायादेवी खत्री, कुन्दन दाहाल, सन्देश पौडेल, राजकुमार भारती, प्रदीक्षा गुरुङ, लक्ष्मीदेवी राणा, पूर्णबहादुर खड्का, सन्तोष जोशी, श्याम गुरुङ, सन्तोष महर्जन, भानुभक्त धमला, पूर्ण परियार, बीरबहादुर विक, डिल्ली पौडेल, मधु धिताल, दिनेश दुलाल, सनमान गोले, राज श्रेष्ठ, रिमा गुरुङ, भीम थापा, रामशरण ढुंगाना, पृथ्वी राई, गुञ्जबहादुर गुरुङ, रामकृष्ण भारती, नविन महर्जन, सन्तोष महर्जन रहेका छन् । प्रहरीको तोकमा निरीक्षक थमन बहादुरद्वारा पनि विमल र सुधा बस्नेत पक्राउ गर्न लगाएको देखिन्छ । जीप्रका काठमाडौंमा यो उजुरी सहित कपाली तमसुक र फोटोकपी नपुगेको होइन । मुलुकमा सहकारीको १४ करोड ५४ लाख खाने धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभपाति ऋषि पोखरेलाई सरकारले ज्वाइँ भाञ्जा बनाइरहेको समयमा अमेरिका पठाउने भन्दै प्रतिव्यक्ति १० लाखदेखि एक करोडसम्म असुल्दै पासपोर्ट बोरामा, पैसा झोलामा गर्ने विमल सिंहलाई नेपाल प्रहरीले भाञ्जो र सरकारले भाञ्जेज्वाई बनाएको हो ? पीडितहरूले प्रश्न गरिरहेका छन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल