Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पौडेलले थालो विज्ञहरुसँग छलफल

काठमाडौं  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन् ।
छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो ।
विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका छन् । छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरु डा गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, प्रा इन्जिनियर कमल रिजाल, सुरज पोखरेल, सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, र सहदेवप्रसाद हुमागाँई सहभागी थिए ।


सम्बन्धित समाचार