Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धार्मिक क्षेत्रमाथि कम्युनिष्टहरूले गैर धार्मिक चरित्रलाई स्थान दिँदा यिनले पाउने चुनावी मत समेत एकाएक घट्दो छ भन्ने उदाहरण नेकपा माओवादी हो । पशुपतिलाई माओवादीमय बनाउन पुजारी फेर्ने त्यहाँका ब्राम्हणको जनै चुडाल्न जाने, गाउँतिर गाई काटेर आन्द्रा मन्दिरमा झुण्ड्याइदिने जस्ता अपराध माओवादीबाट भएका कारण जनमत घट्दो छ । माओले जबर्जस्त जनताको सियो पनि लिनु हुन्न भन्थे । तर माओको नाम भजाएर मौलाएका खाओवादीहरूले भने सिद्धान्त, दर्शन, नीति, कार्यक्रमबाट टाढिँदै गएका छन् । घुस बिना कामै नगर्ने प्रवृत्ति छ । प्रधानमन्त्री सुशासनको कुरा कुम हल्लाउँदै गर्छन् । उनको सचिवालय भ्रष्टाचारमा चुर्लुम्म छ । अहिले छोरी गंगा दाहालदेखि स्वकीय सचिव रमेश मल्लसम्मको धन्दा प्रचण्डको नाममा पैसा अशुल्ने भएको छ । वर्गीयता त्यागेर घुस्याहा, कमिशन खाने माफियासँगको माओवादीका नेताहरूको सम्बन्धले त्यो देखाउँछ । जहाँ प्रचण्डको नाम भजाउने गिरोह छ । जसको क्षमता भनेकै लुट्ने, कमाउने हो । पार्टी सरकारमा छ । माओवादीले स्थानीय तहमा चुनावबाट प्राप्त गरेका निकाय, भ्रष्टाचार र बेथितिमा चुर्लुम्म छन् । केन्द्रमै भ्रष्टाचारको थुप्रो छ । अध्यक्ष प्रचण्ड भने आफ्नो स्थायित्व नहुँदा सिराहा, रोल्पा, काठमाडौं, चितवन हुँदै गोरखा पुगेर चुनाव लड्छन् । राम्रै गरेको छु, देशका लागि भन्छन् तर एउटा निर्वाचन क्षेत्रमा उनी टिक्दैनन् ।
ओली प्रवृत्ति, प्रचण्ड चरित्र
बोल्ने ठूला ठूला कुरा तर काम सिन्को नभाँच्ने एमालेका केपी ओली र प्रचण्डको चरित्रमा फरक छैन । ओली शासक बन्दा गुटभित्रका पनि अति निकट र चाकडीबाजलाई लुट्न खटाउने आफू क्याल्कुटर थिचेर हिसाव गर्दै बस्ने गर्छन् । प्रचण्ड आफ्नै छोरी ज्वाइँ, भाई भतिजलाई राज्यका सेवा सुविधा दिलाएर माओवादी भजाएका हुन्छन् । लुट्नकै लागि सशस्त्र युद्ध भएको थियो भने जनतालाई इमान्दारपूर्वक भने हुन्छ । संघीयता र गणतन्त्र लुट नै हो । बाद जे राखेर प्रचार गरे पनि मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दले प्रचण्डको बिलासिताकै चरित्रबाट पार्टी फुटाएका हुन् । प्रचण्डको नाममा ठग्ने वर्षमान पुन, जनार्दन शर्मा, नारायण दाहाल, कृष्णबहादुर महरा, दिनानाथ शर्मा जस्ता धुर्तहरूलाई अहिले राजन दाहाल, माधव सापकोटाहरूले उछिनेका छन् । माओवादीबाट राम्रो काम को अपेक्षा गर्ने ठाउँ नै भएन । परिवारवाद र गुटवादको घेराबाट बाहिर नआउँदा प्रचण्ड बदनाम छन् । उनलाई बाध्यतामा पारिएको पनि छ । पार्टीको प्रतिष्ठा ओह्रालो लाग्दो छ । सरकारमा उनी हुनु र नहुनुको अर्थ छैन किनकि केपी ओली डसाहा हुन् ।
माओवादीको स्थिति ध्वस्त
सत्ता र पदका लागि जहाँ जोसँग पनि मिलेको छ । मौका पाए सुन तस्करी पनि गरेको छ । तर एउटा जनपक्षीय काम गरिँदैन । कालो बजारले जनताको चुल्हो बल्न धौ धौ छ । महंगी दिन दुगुना, रात चौगुना बढ्दो छ । भ्रष्टाचार खुल्लमखुल्ला छ । सरकारका अंंग छन् ती सबै व्यापारीसँग मिलेका छन् । प्रशासन र अदालत साथमा छैनन् । नेताको नैतिकता भए पो जनसेवाको चेष्टा हुन्छ । पशुपतिको भेटीमा लामो हात गर्ने पनि पार्टीसँग जोडिएका छन् । हिन्दूत्वको आधार क्षेत्रमा क्रिश्चियन नियुक्ति गरेको छ । बौद्ध धर्मका स्तम्भमा पैसा असुल्दै विवादित नालयाकहरू भर्ति गरेको छ । क्षमता भएका शैक्षिक योग्यता भएका अनुभवीमाथि अपमान गरेको छ । तिनैबाट पार्टीको प्रतिष्ठा बचाउन खोजेर कसरी बच्छ ? त्यो पनि केपी ओलीलाई सहयात्री बनाएर । प्रधानमन्त्रीले एमालेका श्री ३ केपी ओलीको तानाशाही करण देखेका छन् । उनी आफैं तानाशाह हुन् । जसले पार्टीको अधिवेशनमा आफू सर्वसम्मत बनेर अरु पदको चुनाव गराउँदैन । आफू निहित केन्द्रीय नेतृत्व चयन गर्छ, चुनवाबाट भाग्छ । त्यो कसरी जनताको सेवक हुन्छ ? केपी ओली आफू बाहेक अर्कोलाई केही बोल्न दिँदैनन् । तर पदीय प्रतिस्पर्धा त गराउँछन् । प्रचण्ड आलोचना सहन सक्छन् । बोल्न दिन्छन् तर जनमतको अपेक्षा लत्याउँछन् । केपी ओली आलोचना सुन्न सक्दैनन्, मोहन विक्रम स्कुलिङ छ । बौद्धिक क्षेत्र पदभ्रष्ट छ । आफ्नालाई बनाउने र अरुलाई फुक्र्याएर प्रयोग गर्ने माओवादीहरू धेरै छन् । त्यो जहाँ पनि छ । गल्ती गर्ने सुधार गर्न अरु खटाउने । अति भएको छ । अब माओवादीलाई घुमाई फिराई ओलीले सिध्याउँछन् ।
खिया लागेको फलाम चरित्र फरक कसैको छैन । काँग्रेस, राप्रपा, एमाले, मधेशवादी र माओवादी एउटै धातु भएका छन् । हिजो डा. बाबुराम हामी फरक धातु भन्थे । आज उनै धातु पातलो बनाउँदै माओवादी छाडेर भारतले जताजता पठाउँछ उतै जाँदै छन् । भट्टराई मधेशी उपेन्द्र यादवसँग पनि गए । धातु फरक भो, टिकेनन् । अहिले त उनको समाजवादी धातुको पार्टी रद्दीको टोकरी भइसक्यो । माओवादीमा प्रचण्ड प्रवृत्ति बन्यो । जबकि काँग्रेस र एमालेमा त्यो प्रवृत्ति ओली र देउवाको दरबारमा नाचेको छ । लुटाहा र तस्करी तन्त्र फैलाएका यस्ता धातु खिया लागेका छन् । गरिबीले देशको ऋण बढ्ने ठूला र मझौला नेता अर्बपति हुने गणतन्त्रका राष्ट्रपति भनाउँदा समेत देश लुट्ने आफू राजा बन्ने जनतालाई दास ठान्ने भएपछि विद्रोह अस्वाभाविक छैन । रवि जस्ता राष्ट्रिय ठगको पनि ठाउँ रहँदैन ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल