Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको पेलानले गरेको काँग्रेस

काठमाडौं । काँग्रेसभित्रको आन्तरिक भागवण्डा मिल्न नसक्दा सरकारका मन्त्रीहरुको फेरबदल रोकिएको हो । तर वार कि पारको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्। बिहीबार बुढानिलकण्ठस्थित निवासमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएर देउवाले बाध्यताले मन्त्री फेर्नुपर्ने अवस्था आएको बताए। अहिले नै मन्त्री फेर्ने नहुने अडान राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल फेरिहाल्ने पक्षमा रहेकाले अब रोक्न नसक्ने देउवाको भनाइ थियो। प्रचण्ड सरकारमा कांग्रेसबाट ९ मन्त्री छन्। उपसभापतिद्वय खड्का रक्षा र गुरुङ कानुनमन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले एक हप्ताभित्र नयाँ मन्त्रीको नाम पठाउन गठबन्धन दललाई भनिसकेका छन्। सरकारमा रहेका मन्त्रीको कामकारबाही चित्तबुझ्दो नभएको भन्दै पुसमै मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका प्रचण्ड कांग्रेसकै कारण तीन महिना रोकिएका थिए। अहिले भने प्रचण्डले मन्त्री फेर्ने कसरत थालिसकेका छन्। देउवा निवासमा माओवादीसँगको सम्बन्ध र गठबन्धनको भविष्यबारे पनि छलफल भएको छ। फागुन १५–१६ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेपछि कांग्रेस झस्किएको छ। माओवादीलाई बिच्किन नदिन र गठबन्धनबाट यताउता हुन नदिन आफै पहलकदमी लिनुपर्ने कांग्रेसको निष्कर्ष छ। माओवादीलाई गठबन्धनमा टिकाइराख्न शीर्ष तहबाटै वार्ता र छलफल हुनेपर्ने भन्दै त्यसको जिम्मेवारी देउवालाई दिएको छ। गठबन्धनमा छलफल गरेर मन्त्री हेरफेरमा सहमति जुटाउने देउवाले जवाफ दिए। यसअघि अडानमा बस्दा पुस १० मा सबै गुमेको कुरालाई बिर्सन नहुनेमा पदाधिकारीले देउवाको ध्यानाकर्षण गराएका थिए। देउवाले पनि यसलाई गम्भीर लिएर विश्वासको वातावरण बनाउने भन्दै आश्वस्त पार्ने कोसिस गरे। स्रोतहरुको अनुसार पछिल्ला दिन माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताबीच भेटघाट र छलफल बाक्लो भएको चर्चा कांग्रेस नेताहरुबीच भएको थियो। त्यसबाहेक पदाधिकारीसँग महासमितिको बैठकमा प्राप्त सुझावलाई साझा बनाएर मात्र केन्द्रीय समितिमा लैजाने सहमति भएको छ। कांग्रेसको फागुन ७–१० मा ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री शर्माको समसामयिक राजनीतिक विषय समेटिएको प्रतिवेदन केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अनुमोदन गर्नेगरी सर्वसम्मतिले पारित गरेको थियो। थापाको प्रतिवेदनमा आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पनि पारित भएको छ। यही विषयले सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा हलचल पैदा गरेको छ। कांग्रेसले नयाँ रणनीति अख्तियार गरेको भन्दै माओवादीले पनि राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारी दिने निर्णय गरेको नेताहरु बताउँछन्। राष्ट्रिय सभामा अहिले माओवादी ठूलो दल हो। तर, बुढानीलकण्ठमा पुगेका पदाधिकारीलाई देउवाले राष्ट्रिय सभा अध्यक्ष आफैले पाउनेगरी माओवादीलाई मनाउने बताए।


सम्बन्धित समाचार