Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासप्राप्त पात्र संचार सल्लाहकार गोविन्द आचार्य भन्छन्, टिकटक नियमन हुनुपर्छ त्यो सकारात्मक पक्ष हो । तर नेपाल पत्रकार महासंघको अध्यक्ष भएको सञ्चारकर्मी आचार्य प्रेस विज्ञले यस्तो भनेपछि सत्ता र शक्तिको मदहोस् बनिबक्सेका प्रम प्रचण्डले बोले । प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता राजनीति यसै पटक मात्र हो भन्ने कुरा उनलाई थाहा छ । त्यही कारण प्रचण्डलाई जनताको चासो छैन, घाइते अपांगता भन्दा रोशनी प्रकरणका नायक कृष्ण महरा प्यारा भए, महरा सुन काण्डमा परे पनि छोरालाई थन्क्याएर लुट्ने धन्दामा आफ्नो कारिन्दाहरूलाई परिचालन गरेकै छन् । कारिन्दाहरू पनि अत्यन्त संकीर्ण र खातेपितेका नायक बन्न रुचाउँछन् । महराको हालत अहिले के छ ? जो सुन काण्डमा जोडिएको छ । पार्टीमा प्रधानमन्त्रीको अनुहार हेर्दा टिस लाग्ने व्यहोराको कारण रिस उठ्ने अवस्था छ ।
कम्युनिष्ट त्यो पनि माओवादी खाओवादी भयो । डा. बाबुराम रअको एजेन्ट हो उसको तजबिजमा प्रचण्ड चल्यो भनेका देव गुरुङ, रामबहादुर थापा, नेत्रविक्रम चन्द जस्ताको कुरा काट्ने सिन्धुलीका शुद्ध गुण्डा राजन दाहालको लुट र उनको बालुवाटारमा मासिक करोड बु्झाएर चम्काएको आतंकको प्रमाण सिन्धुली प्रहरीका सहायक निरीक्षक लक्षण गोले हुन् । जसले एसपी रमेश सिलवाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको कोटरीमा मिलाएका छन् । ती हुन् जनयुद्धका भगौडा र गुण्डागर्दीका नायक राजन दाहाल । डनको संरक्षण गर्ने हरिबोल गजुरेल प्रमका सल्लाहकार छन् । राम कार्की अर्का सिद्धान्त निष्ठ हुन् । यिनको चरित्र गजुरेलको स्वभाव र गृहमन्त्री काजीको चरित्र उस्तै हो कि केही कम गर्ने भनिएका काजी र कार्कीको स्वभावसँग गजुरेलको मिल्छ । माओवादीमा त्यो सत्य हो । तर सिन्धुली जिल्लामा हरेक व्यवसायीका डन राजनले संरक्षण गरेका ढुंगेबास चौकीका सई गोलेको रक्षक बन्दा आफू नांगै भएको पत्तो पाएका छैनन् । दाहालका बारेमा माओवादी गाउँ गाउँमा अभियानका इञ्चार्ज महेश्वर दाहालसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् । निष्ठाको राजनीति गर्ने महेश्वर दाहालले राजनको गुण्डागर्दीको कारण सिन्धुलीमा एकछत्र रजाई गरेको हेर्ने बाहेक केही गर्ने ठाउँ छैन ।
अब प्रधानमन्त्री प्रचण्डका विश्वासी राजन दाहालका बारेमा गाउँ टोलमा प्राप्त रिपोर्ट यथार्थ महेश्वरले बताउलान् शंका छ । किनकि प्रमका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल जहाँबाट चुनाव जिते त्यहाँ भगौडा राजनको दादागिरी छ । सिन्धुलीको प्रत्येक लगानी र आम्दानीमा राजन सहभागी छन् । हिजो गजुरेल आफैं नैतिक रुपमा पतन नेता हुन् । त्यहाँ राम कार्की जोडिए, कृष्णबहादुर महराको प्रकरण अर्को छलाङ हो । माओवादीका नाममा तस्करी त्यो क्षेत्रबाट भएको छ, जुन क्षेत्रबाट रामेछाप, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक जिल्लामा सामान सप्लाई गर्ने गाडीले सडक ऐन विपरितका सवारी चलाए पनि प्रहरी सई गोलेको संरक्षण पाउँछन् । माओवादीको नाममा गुण्डा चरित्र प्रदर्शन गर्ने राजन दाहालको हैसियत भनेको प्रधानमन्त्रीको सचिवालयलाई खुशी बनाउने हो । जुन सचिवालयले मासिक १८ लाख राज्यको श्रोत स्वाहा पार्छ, जनताको नाममा सिन्को भाँच्दैनन् । जनयुद्धको सफलता यस्तै हुन्छ ? १० वर्षे युद्धले दिएको देन संघीयता, गणतन्त्र, समावेशीताका कुरामा प्रचण्ड परिवारले निष्ठा बचाएको छैन । प्रचण्डलाई पनि अब सत्ताको आश छैन । किनकि ३ महिने अभियानमा प्रचण्डको परिवारमोह र गुट मोहको चर्चा व्यापक भयो ।
जनयुद्धका घाइते, आन्दोलनका पीडित र बेपत्ता परिवारले वर्तमान सरकार र पार्टी नेतृत्वको चर्को विरोध गरेका छन् । यहाँ जनयुद्धका सिद्धान्तकार मोहन वै्रद्य र नेत्रविक्रम चन्दको लुटको खेती पनि छुट्टै छ । प्रचण्ड सरकारको लुट देखेर नै ४१ महिने कालो लुटको रक्षक केपी ओली चम्केका हुन् । डा. आरजु र मञ्जु जस्ता महारानीको फाइदाका लागि जनार्दन शर्मा अर्थमन्त्री भएको बेला महिलाले मासिक कर्मका बेला प्रयोग गर्ने सामाग्रीको कर काण्ड प्रमाण हो । जुन बेलाबाट नेपाली उत्पादनलाई ३५ प्रतिशत कर लगाएर आरजु, भुषण राणा, मञ्जु खाँणको संयुुक्त व्यापार चम्काउने जनार्दन शर्माको सीसीटिभि काण्ड चर्को भयो । सीसीटिभीको तार काट्ने मुसो पनि त्यतिबेला राजन दाहाल, हरिबोल गजुरेल, कृष्ण महरा, दिनानाथ शर्मा, कृष्णध्वज खड्का नै पो थिए कि भन्ने भयो । प्रचण्ड सरकार पूर्ण असफल भएको कुरा यिनकै खेलले पुष्टि गर्दछ ।
गजुरेलले दिए राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले २० मंसिरमा राजीनामा दिएका हुन् । तर, उनको राजीनामा भने प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म स्वीकृत गरेका छैनन् । मंसिर २० गते नै राजीनामा दिएको बताएका गजुरेलले राजीनामाको कारण पत्रमै उल्लेख गरेको बताएका छन् । राजीनामा स्वीकृत भएपछि सबै कुरा बताउने उनले बताएका छन् । अहिलेसम्म प्रधानमन्त्रीले स्वीकृत गरेका छैनन् । ९ माघ २०७९ मा प्रधानमन्त्री प्रचण्डले गजुरेललाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल