Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्टपतिको निर्वाचन नजिकिएसँगै एमाले र माओवादीबीच विश्वासको संकट पैदा भएको छ । दुई दलबीच अविश्वास पैदा हुन थालेको नेताहरुको लवजबाट थाहा हुन्छ । आज सभामुखको निर्वाचनलगत्तै बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले पनि यही संकेत गर्दछ । प्रधानमन्त्री दाहालभन्दा पछि बोलेका ओलीले राष्टपतिमा एमालेको उम्मेदवारमै राष्टिय सहमति भए राम्रो हुने प्रतिक्रिया दिए । ओलीभन्दा पहिले बोलेका दाहालले राष्ट्रपति निर्वाचनमा समझदारी खोजिने बताएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिँदा दाहालले नेपाली कांग्रेसको समेत मत पाएका थिए । दाहाललाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेसका नेताहरु पनि राष्ट्रपति पाउनेमा ढुक्क छन् । सत्ता गठबन्धनमा रहेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी पनि राष्टपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने तयारीमा पुगेका छन् । अहिले सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भैसकेका छन् । भोलि उपसभामुखको निर्वाचनको लागि उम्मेदवारको मनोनयन हुँदैछ । माघ ७ गते संसद्ले उपसभामुख पनि पाउँदैछ । माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक अन्य महत्वपूर्ण पदहरु गुमाउँदै गएको छ । प्रचण्ड अढाई वर्षमात्रै प्रधानमन्त्री हुने समझदारी छ । त्यसपछि ओली प्रधानमन्त्री बन्नेछन् । अहिले दाहाल सकेसम्म एमालेलाई राष्ट्रपति नदिने पक्षमा पुगेको स्रोतको दाबी छ । उनी सकेसम्म एमाले बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने पक्षमा पुगेका छन् । तर, अहिलेसम्म यो विषय उनले ओलीसँग साझा गर्न सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुले प्रधानमन्त्री दाहाललाई राष्टपति कुनैपनि हालतमा एमालेलाई नदिन सुझाएका छन् । पुष १० गते यता नेपालको राजनीतिमा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादीका नेतृत्वहरुबीच एकले अर्कोसँग बदला लिने होडबाजी चलिरहेको छ ।
ओली र प्रचण्डको सहकार्यलाई एमाले र माओवादीकै नेताहरुले बाध्यात्मक परिस्थितिको उपजको संज्ञा दिएका छन् । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित भए एमाले र माओवादीबीचको सहकार्य समाप्त हुनेछ । राष्ट्रपतिमा माओवादीको मत निर्णायक हुनेछ । उसले जता मत हाल्छ, उतै पल्ला भारी हुन्छ । तर, राष्ट्रपति पाएपछि कांग्रेसले प्रचण्डसँग पनि बदला लिने भन्दै दोस्रो तहका नेताहरुले यसबारेमा प्रचण्डलाई ब्रिफिङ गरिरहेका छन् । यसबारेमा प्रचण्ड पनि जानकार छन् । राष्ट्रपतिमा एमाले उम्मेदवार पराजित भए ओलीले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिनेछन् । मुख्य घटक एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्मा पूनः विश्वासको मत लिनुपर्छ । अहिले उनलाई कांग्रेसको पनि विश्वासको मत छ । कांग्रेसले विश्वासको मत दिए उनी प्रधानमन्त्रीको कुर्सीमा कायमै रहनेछन् । दिएन भने पहिलो दलको नेताले देउवा नै प्रधानमन्त्री बन्नेछन् । देउवाले यस्तो कदम पनि चाल्नसक्नेबारे प्रचण्ड जानकार छन् । अहिले प्रचण्ड सर्वाधिक कठिन मोडमा छन् । देउवाले प्रचण्डलाई विश्वासको मत नदिएर ठूलो दलको नेताको हिसाबले आँफै प्रधानमन्त्री खानेबारे ओलीपनि संशकित छन् ।
तर, देउवालाई अर्को झट्का दिनेगरि उनले एमालेलाई पहिलो दल बनाउने गृहकार्य थालेको स्रोतको दाबी छ । अहिले ओलीसँग नजिक रहेका रास्वपाका सभापति रवि लामिछानेसँग पार्टी एकताको गृहकार्य पनि थालेको चर्चा छ । रवि पनि यही सत्ता गठबन्धनमा छन् । अहिलेको गठबन्धन टुटेर कांग्रेस, माओवादी केन्द्रको नयाँ गठबन्धन बन्नेछ । त्यसमा रास्वपा हुने छैन् । उनी एमालेसँग सहकार्य गरेर जानेमा सकारात्मक छन् । संसद्मा एमालेको अहिले ७९ सांसद छन् । रवि नेतृत्वको रास्वपासँग एकता भए २० सांसद थपिएर ९९ सांसद पुग्नेछ । संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउनुपर्ने अवस्था आयो भने एमालेले पहिलो दलको हिसाबले सरकारको नेतृत्व गर्नेछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल