Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा बनेको गठबन्धन अप्राकृतिक भएकाले भत्किएको बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उदघाटन गर्दै थापाले निर्वाचनअघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन्। ‘पुस १० मा जुन गठबन्धन बनेको थियो त्यो अस्वभाविक, अप्राकृतिक र अबान्छित थियो। त्यसैले भत्कियो,’ उनले भने। थापाले संघदेखि सबै प्रदेसमा अब आठदलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। उनले भने, १० पुसको गठबन्धन भत्किएकाले अब पुरानै गठबन्धनबाट संघ र सबै प्रदेसमा सरकार बन्छ। पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीमात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै बन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दाबी गरे। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चाहेको भए राष्ट्रपति बन्ने सम्भावना रहेको समेत बताए। उनले भने,‘एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा इच्छा व्यक्त गरेको भए बन्ने संभावना थियो।’
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल