Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड निवासमा ओली बाहेकका शीर्ष नेताको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटेका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ । पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ ।

विवादका बीच बिहीबार राजधानीमा आयोजित बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भने नेताहरुले पार्टी भित्र समस्या देखिए पनि छिट्टै समाधान हुने जनाएका थिए । शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा शुरु भएको छलफल पनि पछिल्लो समस्या समाधानमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल