Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र केपी नै बिचौलियाका रक्षक

राजनीति बुझेको प्रशासनिक क्षेत्रको ज्ञान भएको सबैले बुझेको कुरा ठेकेदार शारदा अधिकारीको घरमा प्रचण्ड बस्छन् । त्यही कारण अधिकारीको सैलुङ कन्स्ट्रक्सनले सडकको ठेक्का लिन्छ समयमा काम गर्दैन । दिपक मलहोत्रा र दिपक भट्ट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र उपप्रम ईश्वर पोखरेलका दोस्ती नै हुन् । यिनले देशमा सुशासन दिलाउन शान्ति व्यवस्था गर्न बाधक भए भने नौलो होइन । प्रचण्डले शारदालाई बोक्नु, ऊर्जामन्त्री वर्षमान पुनले दिपक भट्टको सल्लाहमा विद्युत प्राधिकरणलाई डुबाउने योजना बनाउनु दिपक मलहोत्राले व्यवसायिक कृषिको सरकारी अनुदान कुमल्याउन घनश्याम भुसाल समक्ष प्रोजेक्ट प्रस्तुत गर्नु नेकपाले लिएको कमाउ धन्दाको प्रोजेक्ट हो ।

जसलाई माडीमा चेपाङ वस्ती पोल्न हतार भयो त्यसले गरिबको सेवा गर्छु भन्नु … लाई भन्दा देख्नेलाई लाज हो । कम्युनिष्ट पार्टी भनेकै ठग बिचौलिया राजश्व माराको जमात भएको छ । जनार्दन शर्मा, लेखराज भट्ट, रामबहादुर थापाको हर्कत धमाधम आउँदैछ । गृहमन्त्री थापाले जासुस खर्चको नाममा मासिक १५/१६ लाख कहाँ खर्च गरे ? यिनै थिए हिजो प्रचण्ड र डा. बाबुरामलाई हराउन एमाले र काँग्रेसका उम्मेदवारसँग पैसा खाने ? बादलकै टिमका पम्फा भुसाल र हिममान शाक्य हुन् । हितमानले चुनाव हारे पम्फाले जितिन् । राष्ट्रपतिले ओली गुटको षड्यन्त्रको संरक्षण गर्छिन् । उनी देशको राष्ट्रपति होइनन् ।

नेकपा ओली ब्राण्डको कारिन्दा हुन् । त्यस्तै प्रवृत्ति शंकर पोखरेल, शेरधन राईको छ । यी नालायकहरू प्रदेशको नामकरण गर्ने सहमति गर्न सक्दैनन् । एकद्वार प्रणालीबाट लुट चम्काएर स्वीस बैंकमा पैसा राख्ने धनाढ्यको सेवक भएकै छन् । समृद्धिको थैलोभित्र ओली र प्रचण्डको लडाईमा ठेकेदार दिपक भट्टको लगानीमा भूमाफिया विष्णु पौडेल, शंकर पोखरेल, जल माफिया जनार्दन शर्मा, वर्षमान पुन कसरी भित्रिया बनाइए ? यो विषयले हिजोका माओवादीहरूलाई मात्र होइन बफादार एमालेलाई पनि कोक्याएको छ । तिनै भट्ट हुन् नेपाल प्रहरी र सेनाको सामान पुर्याउने टेण्डरमा सहभागी हुँदै समयमा सामान नदिई तेलामेला गर्ने । यिनले प्रम अ‍ोलीलाई झुक्याएका छन् ।