Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिगमनका नायकबाट सेटिङको घोषणा

सेटिङको डिजाइनमा भएका योजनालाई पूरा गर्न प्रधानमन्त्री केपी ओली ढुक्क छन् । उनले प्रम पद नेकपाको एकताको परिमाणले पाएका हुन् । प्रधानमन्त्रीसँग भएका नेताको बोली विस्वस्त छैनन् । उनको बोली नै कानून सम्बत् मान्नुपर्ने दिन पनि आए । नेकपाको आधिकारिता नै विवादमा परेको छ । देशमा यो बेला अस्थिरता चर्किएको छ । आफ्नो देशका बारेमा देशकै नेताहरूले आपसी बहस छलफल गर्न सक्नु पर्छ । नेपाल हो यहाँ सेना स्वतन्त्र छैन प्रहरी स्वतन्त्र छैन । निजामति कर्मचारी स्वतन्त्र र निष्पक्ष छैनन् । जताततै सत्ताको हस्तक्षेप छ । न्यायलय त झन् बालुवाटारको तालुकदार बनेको छ ।
प्रतिगमनको नायक प्रधानमन्त्री हुन् सेटिङ्गको घोषणा भएकाले अदालतमा समेत कानून व्यवसायीको रूपमा खडा भएका मान्छेहरू २०४७ सालको संविधानमा राजाको अधिकार थियो । लोकतन्त्रात्मक गणतन्त्रभित्र जारी भएको संविधानमा प्रधानमन्त्री सर्वेसर्वा भएको बताउन पछि परेनन् । प्रमको अडान अनुसार निर्णय हुने हो भने देशमा कानून नभएको संकेत हुन्छ । पार्टीका ठूला निर्णयका बारेमा नेताहरू कहिल्यै चिन्तित भएनन् । पूर्व पञ्चहरू हिन्दुराष्ट्र र राजतन्त्रको ऐलान गर्दैछन् । पैसामा जीवन धान्नेहरूको चाल यस्तै हुन्छ ।
काँग्रेसले आफ्नो हैसीयत देख्दैन । पार्टीको कार्यक्रम, योजना छैन । काँग्रेस एक्लै आन्दोलन गर्नुपर्छ भन्छ । डा. शशाङ्क कोइरालाहरूको चाल जनताप्रति छैन । सामान्त वर्गको प्रतिनिधि पात्र काँग्रेस बरु राप्रपासँग एकता प्रकृयाको खाँचो देख्छ । राप्रपा र काँग्रेसका बीच चुनावी एकता पनि भएको थिएन । यी दुवै दल शोषणमुक्त समाजको परिकल्पना गर्न सक्दैनन् । किनकी यी दलका नेताहरूमा गरिवी हटाउ, श्रमीक वर्गको कदर गरौ, औधोगिक प्रतिष्ठानहरूमा मालिक र मजदूर बीचमा मेल मिलाप गराउने धेय भएन ।
सत्ता त काँग्रेसले १४ वर्षे संसदीय कालमा चलायो । उसकै बेलामा संसदीय व्यवस्थाको बदनाम भयो । पार्टी भित्र अनुशासनको ख्याल नगर्ने नेतालाई विधानले नछुने आफ्नै तालको संसारमा काँग्रेस छ । काँग्रेसले समयमा देशको आवश्यतालाई ध्यान दिएको भए द्वन्द्व हुने थिएन । समस्यामा किसान, मजदुर नै जोडिन्छ । आन्दोलन तीनकै अग्रसरतामा हुन्छ । तर त्यही समूहले श्रमको मूल्य पाउँदैन । दलका नेताले भाषणमा बोलेको कुरा सत्तामा पुगेपछि बिर्सेने चलन छ । यसको नमूना प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पार्टी र सरकार हो । जुनपार्टी स्थायी समिति, कन्द्रीय समिति संसदीय दलमा समेत सरकारी पक्ष अल्पमतमा छ ।
दलहरूमा निष्ठा हरायो, प्रेम छैन, योजना छैन, राष्ट्रियताका सवालमा एकमत छैनन् । अहङ्कार र दम्बले सबैतिर गिजोलेको छ । छिमेकीहरूसँगको सम्बन्धमा जब सीमा जोडिन्छ त्यसबेला दक्षिणको छिमेकीले नेपालका लोभीपापी नेताको नाडी छाम्छ । यो देश कस्तो हो जहिले पनि नेपालभित्रको समस्या समाधान गर्न विदेशीको चेतावनी सहन्छ । बोल्दा राष्ट्रिय स्वाभिमानको कुरा उठ्छ व्यवहारमा दलाली र गुलामीको संकेत हुन्छ । अहिले देशको राजनीति बिग्रदै छ । महंगी बढाइको छ । व्यापारीसँग आशुलिएको चन्दाले मंहगीले नेटो काट्छ जनता पिडामा हुन्छ तस्कर माफियाको दिन आउँछ, आएकै छ । सरकार बेपत्ता हुन्छ । तर प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थका निम्ति चन्दा संकलन गर्न विवादस्पद व्यापारी मोतीलाल दुगड, दिर्घराज मैनाली, मदन अधिकारीलाई अधिकार दिएर पैसा उठाउन खटाउँछन् ।
किसानले आफ्नो उत्पादनको मूल्य नपाउने कस्तो देश हो यो ! आज देशलाई खग्रास ग्रहण लागेको छ । दलहरूको लडाइँनै खग्रास हो यसमा कमाइ गर्ने महासयहरू प्रधानमन्त्रीका सम्वृद्धि र विकासको सुत्रधार हुन् । विश्वव्यापी कोभिड १९ को उपचार गर्ने औषधी खरिदमा समेत भ्रष्टचार गर्ने महासयहरूको बोली सुन्दा लाग्छ यीनै सवेसर्वा छन् । आजका नेकपा हिजोका फरक धारका शत्रु नै हुन् । एमालेको ओली गुटले बरु राजतन्त्रको सेवक बन्न रुचायो । तत्कालीन माओवादी प्रति शत्रुता देखाइ रह्यो । पार्टी एकताको फाईदा माओवादीका नाउँमा लुट्न चर्चित जो थिए तीनैले मौकाको चौका हानेका हुन् । आज माओवादीको लठैत बादल समूह भारतीय दलाल सिआइएका एजेष्टको सहारा लिँदैछ । पदभ्रष्ट, सत्तालम्पट चरित्रले नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस बन्दैछ । त्यही स्वास्थ्यमन्त्री बनेका प्रम ओलीका प्यारा भानुभक्त ढकालले सिन्को भाँचेनन् लुटीरहे । हृदयेश त्रिपाठीले भारतसँग सम्बन्धन जोडेर कोभिड भ्याक्सीन ल्याएर लगाइँदै छ ।