Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीलाई योगेशले फर्काए कडा जवाफ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश १ सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘आफैँले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैँलाई पुक्क लात हानेर हिँडेको’ भन्दै टिप्पणी गरेकामा भट्टराईले ओलीको स्तर थाहा पाएकोमा खुशी लागेको बताएका छन् । भट्टराईले शनिबार राति ट्वीट गर्दै भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’