Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । चुनावी समिक्षा र आगामी यात्राका विषयमा छलफल गर्न प्रधानमन्त्री एवंम कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको जनाइएको छ । गठबन्धनबाटै सरकार निर्माणको पहल गर्न आजको भेटघाटले शुरुजात गर्ने बताइएको छ ।