Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री पत्नीलाई नर्भिक अस्पताल लगियो

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल लगिएको छ। उनलाई केहीबेर अघिमात्र थापालथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको हो।
उनलाई इमर्जेन्सीमा लगिएको अस्पताल स्रोतले जनाएको छ।
सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो। यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ।
मानिस हिँड्न, बोल्न र निल्न सक्तैन।
यस्तो रोग देखिएपछि प्रचण्डले सीतालाई ४ असार २०७५ मा सिंगापुर लगिएको थियो। सुधार नभएपछि फेरि सोही वर्षको चैत ३ गते अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार भएको थियो ।
त्यसपछि, २०७६ पुस ४ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचारको कोसिस गरे। २०७७ पुस २० मा भारतको मुम्बई लगिएको थियो।
सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराए। पछिल्लो समय उनलाई बालुवाटारमा चिकित्सकहरूको निगरानीमा राखिएको थियो।


सम्बन्धित समाचार