Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री फेरि शीतल निवासमा

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगो जस्तै भित्रभित्रै सल्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटघाट बाक्लो बनाउन थालेका छन् । पछिल्लो तीन दिनमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग गर्नुभएको आज बिहानको भेट तेस्रो हो । प्रधानमन्त्रीले आज बिहान पौने एघार देखि मध्यान्ह झण्डै साढे १२ बजेसम्म शीतल निवासमा राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच हिजो दिउँसोको सचिवालय बैठकको निर्णय,नेकपाभित्रको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिको बारेमा छलफल भएको बताइन्छ ।
दश दिनको समय पाउनुभएका प्रधानमन्त्रीले जनमत बुझ्ने क्रममा ७ गते इलाम जौबारीलगायत पूर्वी नेपालको यात्रा गर्न लाग्नुभएको छ ।


सम्बन्धित समाचार